arrow

राष्ट्रपतिलाई अमेरिकामा सम्मान, शुक्रबार स्वदेश फर्कदै 

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
vidya-devi-bhandari-president-nepal.jpg

काठमाडौँ । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार साँझ आफ्नो सम्मानमा आयोजित स्वागत समारोहमा सहभागी भइन् । 

संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की र राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले संयुक्तरूपमा स्वागत समारोह आयोजना गरेका हुन् । 

समारोहमा न्यूयोर्कस्थित कूटनीतिक समुदाय, संयुक्त राष्ट्रसङ्घका पदाधिकारी, व्यापारिक समुदाय र नेपाली समुदायका प्रतिनिधिको उपस्थिति थियो । 

राष्ट्रपति भण्डारी भोलि शुक्रबार अपराह्न राजधानी आइपुग्नेछिन् ।  

यसैबीच महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बुधबार नै अधिवेशनमा मन्तव्य व्यक्त गर्दै लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेको प्रगति र त्यसप्रतिको नेपालको प्रतिबद्धता प्रस्तुत गरेको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । 

लैङ्गिक विभेद अन्त्यका लागि आवश्यक कानून संशोधन गरेको जानकारी दिँदै उनले दिगो विकासको लक्ष्य हासिल गर्न र महिला तथा किशोरीहरुको सशक्तीकरणका निम्ति अन्तर्राष्ट्रिय सङ्गठनहरुसँग निकट सम्पर्कमा रहेर काम गर्न नेपाल प्रतिबद्ध रहेको बताइन् । 

त्यसैगरी प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले बेइजिङ घोषणाको कार्यान्वयनमा शीघ्रता विषयको उच्चस्तरीय संवादमा भाग लिँदै उक्त घोषणाको अक्षरशः कार्यान्वयनमा जोड दिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ