arrow

निर्धन बन्दै झापाकै चिरपरिचित गौरादह क्याम्पस

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ फागुन ३० बिहिबार
gauradaha1.jpg

झापा ।  त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस गौरादह कृषि क्याम्पसलाई आफ्नो सम्पुर्ण स्वामित्व हस्तान्तरण गरे पश्चात भबन बिहिन भएको गौरादह बहुमुखी क्याम्पसले बिहिबार आफ्नो २९ औं वार्षिक उत्सब समापन तथा नयाँ भबन सिलान्यास कार्य सम्पन्न गरेको छ ।

अमर आधारभुत विद्यालय पूर्वपट्टी रहेको ४ कठ्ठा जमिनमा नयाँ भबन सिलान्यास गरिएको छ । धेरै समयको रस्साकस्सी र  चर्चा परिचर्चाका बाबजुद प्रदेश सरकारबाट प्राप्त १ करोड ३० लाख अनुदान रकमबाट २१ कोठे भबन निर्माण गरिने भएको छ । कुनै एक समयमा झापा जिल्लाकै चिरपरिचित पब्लिक क्याम्पसको रुपमा रहेको गौरादह बहुमुखी क्याम्पस हाल ओझेलमा परेको छ ।

विद्यार्थी संख्या न्यून भएतापनि शिक्षक कर्मचारीहरुले त्रिविविका आंगिक क्याम्पस सरहनै तलब लगायतका सुबिधा लिन थालेपछि  झापा जिल्लाको पब्लिक क्याम्पस कंगाल बन्न पुगेको जानकारहरु बताउछ्न ।
    
बिद्यार्थीहरुबाट वार्षिक शुल्क बापत ३३ लाख ५० हजार अनुमानित आय हुने देखिए पनि शिक्षक कर्मचारीहरुको तलब भत्ता तथा अतिरिक्त पारिश्रमिकमा ३८ लाख ५० हजार रुपैयाँ अनुमानित ब्यय हुने क्याम्पसले सार्बजनिक गरेको ०७५/०७६ को अनुमामित आय ब्यय बिबरणमा उल्लेख गरेको पाइन्छ   ।

बिगतमा करिब २ हजार, २५ सयको हारा हारिमा विद्यार्थी अध्ययन गर्ने सो क्याम्पसमा हाल ३१६ जना विद्यार्थी मात्र अध्ययन गर्द्छ्न । ३१६ जना  विद्यार्थीबाट उठ्ने शुल्क, तीन बिघा १५ कट्ठाको पोखरीको माछा र अढाइ बिघा जमीनको धान बेचेर तथा त्रिविविले दिने वार्षिक ७ लाख अनुदानले हाल क्याम्पसको खर्च धान्न धौ धौ देखिन्छ । त्रिभुवन विश्वविद्यालयको एमएड तर्फको प्रथम बर्षमा भने यि शैक्षिक सत्रमा विद्यार्थी भर्ना शून्य छ ।        

दुराअवस्थामा रहेको पब्लिक  क्याम्पसमा कार्यरत  शिक्षक कर्मचारीको सन्चय कोषका निमित्त भने वार्षिक रुपमा ३ लाख ५५ हजार ३०८ रुपैयाँ निरन्तर रुपमा ब्यबस्था गरिएको देखिन्छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ