arrow

५३ औं जन्मदिन मनाउँदै आमिर, यस्ता छन् उनका रोचक कहानीहरु

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
aamir.png

काठमाडौं । भारतीय अभिनेता आमिर खानको बिहीवार ५३ औं जन्मदिन परेको छ । आमिर खानको जन्म सन् १९६५ मार्च १४ मा भएको थियो । उनको जन्मदिनको अवसरमा अभिनेत्री माधुरी दीक्षितले पनि सामाजिक सञ्जालमार्फत् उनलाई सम्झिँदै शुभकामना व्यक्त गरेकी छिन् । उनले दिल फिल्मको शुटिङको क्रममा गरेको रमाइलो (प्रान्क) अझै पनि याद आइरहेको उल्लेख गरेकी छिन् ।  उनीहरुले केही फिल्ममा सँगै काम पनि गरेका थिए ।

आमिरका पिता र काका दुवै जना फिल्म निर्माता थिए । जसको कारण उनलाई सानैदेखि फिल्ममा रुची थियो । यसै क्रममा उनले सन् १९७३ मा आफ्ना काकाको फिल्ममा बाल कलाकारको रुपमा आफ्नो करियरको शुरुवात गरेका थिए ।

सन् १९९४ मा उनले खेलेको ‘अन्दाज अपना अपना’ले उनलाई चर्चाको शिखरमा पुर्‍यायो । सो चलचित्रबाट उनी फिल्म फेयर पुरस्कारका लागि नामांकित भएका थिए ।

सन् २००८ मा उनको करियरको सुपरहिट चलिचित्र ‘गजनी’ प्रदर्शन भएको थियो । त्यसैगरी सन् २००९ मा उनको अर्को फिल्म ‘थ्री इडियट’ प्रदर्शनमा आएको थियो । उक्त चलचित्रले २ सय २ करोड भारु कमाएको थियो । चलचित्र भारतको बक्स अफिसमा २ सय करोडभन्दा बढी कमाउने पहिलो फिल्म हो ।

सन् २०१३ मा प्रदर्शनमा आएको उनको 'धूम ३' ले २ सय ८० करोड कमाएको थियो भने सन् २०१४ मा आएको 'पीके'ले ३ सय ४० करोडको आम्दानी गरेको थियो ।  २०१६ को 'दंगल' ले बक्स अफिसमा शानदार ३ सय ९० करोड भारु आम्दानी गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ