arrow

त्रिविमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख हुनुपर्ने

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
padmakanya_campus.JPG

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसको नेतृत्व तहमा ३३ प्रतिशत महिला प्राध्यापक हुनुपर्ने माग गरिएको छ । महिला प्राध्यापकले यहाँ आज पत्रकार सम्मेलन गरी विश्वविद्यालयअन्तर्गतका ६१ वटा आङ्गिक क्याम्पसमध्ये २० वटा क्याम्पसको क्याम्पस प्रमुख महिला प्राध्यापक हुनुपर्ने माग गरेका हुन् ।

प्रा मनसा थापा ठकुरीले संविधानमा उल्लेख गरिएको राज्यका हरेक संरचनामा ३३ प्रतिशत महिला सहभागितालाई कार्यान्वयन गर्र्दै विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा पनि प्रमुखमा महिला हुनुपर्नेमा जोड दिए।

प्राध्यापक सङ्घ (पद्ममकन्या क्याम्पस) का सदस्य कल्पना श्रेष्ठले विश्वविद्यालयअन्तर्गतका क्याम्पसको प्रमुखमा ३३ प्रतिशत महिला प्राध्यापक राख्नुपर्ने माग गर्दै पटकपटक ध्यानाकर्षण गराउँदासमेत सम्बन्धित निकायबाट सुनुवाइ नभएको भन्दै गुनासो गरिन् ।

एक महीनादेखि क्याम्पस प्रमुखको पद खाली भएको पद्ममकन्या क्याम्पसका प्राध्यापकले सो पदमा महिला प्राध्यापक हुनुपर्ने माग गर्दै सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् । प्रा विमला नेपालले क्याम्पस प्रमुखमा महिला प्राध्यापक सुनिश्चित गर्नका लागि महिला प्राध्यापकले नै दबाब सिर्जना गर्नुपर्नेमा जोड दिइन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ