arrow

रणवीर सिंहको नक्कल गर्ने चक्करमा अमिताभ बच्चनले १० पटक हेरे ‘गल्ली ब्वाई’

logo
प्रकाशित २०७५ चैत १ शुक्रबार
amitab-ranbir.jpg

काठमाडौं । रणवीर सिंह र आलिया भट्टको चलचित्र गल्ली ब्वाई १४ फेब्रुअरीमा सार्वजनिक भएको थियो । सार्वजनिक भएसँगै चलचित्रले धेरैको मन जित्न सफल भएको थियो । धेरैले यो चलचित्रको तारिफ गरेका छन् ।

भारतीय अभिनेता अमिताभ बच्चनले पनि यो चलचित्र हेरेका छन् । उनलाई पनि यो चलचित्र निकै मन परेको थियो । उनले हालसालै दिएको एक अन्तर्वार्तामा आफूले उक्त चलचित्र १० पटक हेरिसकेको बताएका छन् । यद्यपि उनले रणवीर सिंहको जस्तो र्‍याप गर्न नसकेको बताएका छन् । उनले आफूले रणवीर सिंहको नक्कल गर्न चाहेको पनि बताएका छन् ।

अमिताभ बच्चनले आफ्नो चलचित्र बदलाको एक गीतमा र्‍याप गरेका छन् । उनका अनुसार आफूले गरेको र्‍याप रणवीर सिंहले गल्ली ब्वाईमा गरेको र्‍यापको आसपासमा पनि नरहेको बताएका छन् ।

अमिताभ बच्चन अब करण जौहारको चलचित्र ‘ब्रह्मास्त्र’मा आउने छन् । यो चलचित्र सन् २०१९ मा सार्वजनिक हुने भएको छ । रणवीर सिंहले पनि अमिताभ बच्चनको प्रशंसा गर्दै आफ्नी हजुरआमाले सधैं उनीजस्तै नायक बन्नका लागि प्रेरित गर्ने गरेको बताएका छन् । अमिताभ बच्चन चलचित्रमा पहिलोपटक र्‍याप गर्ने हिरो रहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ