arrow

यस्तो भूमिकामा आउँदैछिन् बाहुबलीकी 'शिवगामी देवी'

logo
प्रकाशित २०७५ चैत १ शुक्रबार
Sivagami.jpg

काठमाडौं । भारतको चर्चित फिल्म बाहुबलीमा शिवगामीको भूमिका निर्वाह गरेकी अभिनेत्री रम्या कृष्णनको नयाँ फिल्म आउने भएको छ । उनले यसअघि धेरै फिल्महरुमा काम गरिसकेकी छिन् तर उनलाई चर्चाको शिखरमा भने बाहुबलीले पुर्‍याएको थियो । उनको नयाँ फिल्म ‘सुपर डिलक्स’ आउने भएको छ ।

यो फिल्ममा उनले पोर्न स्टारको भूमिका निभाउनेछिन् । यो भूमिकाले  उनका प्रशंसक भने केही निराश हुनसक्ने अनुमान गरिएको छ । शिवगामीको रुपमा उनका प्रशंसकले उनले बाहुबलीमा रुचाएको भन्दा यो भूमिका फरक किसिमको रहेकोले यसले उनीहरुलाई नराम्रो लाग्नसक्ने बताइएको छ । तर, उनले सो भूमिकालाई आगामी दिनमा कसरी निभाउनेछिन् भन्नेमा पनि यो कुरा निर्भर रहनेछ ।

रम्याले अभिनय गरेको ‘सुपर डिलक्स’ आगामी मार्च २९ मा सार्वजनिक हुँदैछ । त्यसका सागै उनी गौतम मेननको वेबसेरिज क्वीनमा पनि लिँदैछिन् । यो वेब सिरिज तामिलनाडुकी मुख्यमन्त्री रहेकी जयललिताको जीन्दगीमा आधारित रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ