arrow

यसै वर्ष आउनेछ १०० मेगापिक्सल क्यामेरा भएको स्मार्टफोन

logo
एजेन्सी
प्रकाशित २०७५ चैत २ शनिबार
redmi-note-7.jpg

काठमाडौं । पछिल्लो केही महिनादेखि स्मार्टफोनको क्यामेराको विषयमा विभिन्न किसिमका समाचारहरु आइरहेका छन् । यसै क्रममा  भिभो भी१५ प्रो, अनर भ्यु २०, साओमी रेडमी नोट ७ प्रो जस्ता ४८ मेगापिक्सलको क्यामेरा भएका स्मार्टफोन पनि सार्वजनिक भएका छन् । 

यसै क्रममा सबै स्मार्टफोन कम्पनी आफ्नो डिभाइसमा सबैभन्दा धेरै मेगापिक्सलको  क्यामेरा भएका स्मार्टफोन ल्याउने प्रयासमा छन् । यस्तोमा स्मार्टफोनमा मेगापिक्सलको युद्ध शुरु भएको देखिएको छ । 

यसैबीच यस वर्षको अन्तिमसम्ममा ६४ देखि १०० मेगापिक्सलसम्मको क्यामेरा भएको स्मार्टफोन आउनसक्ने भएको छ । हालसालै क्वालकोमका प्रोडक्ट म्यानेजमेन्टका वरिष्ठ नर्देशक जूड हीपले आफ्नो प्लेटफर्मले १ सय ९२ मेगापिक्सलसम्मको क्यामेरा सपोर्ट गर्ने बताएका छन् । तर, अहिलेसम्मको सबैभन्दा धेरै मेगापिक्सलको क्यामेरा ४८ मेगापिक्सलको छ । 

जूडले यस वर्षको अन्तिमसम्ममा ६४ मेगापिक्सल वा १०० मेगापिक्सलभन्दा धेरै रेजुलेसनका स्मार्टफोन आउनसक्ने बताएका छन् । जूडले यस किसिमको फिचर्स आगामी चिपसेट स्न्यापड्र्यागन ८६५ को नामबाट आउनसक्ने बताइएको छ । यो क्यामेराले एचडीआर १० भिडियो रेकर्डिङ पनि सपोर्ट गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ