arrow

बंगलादेश विश्वकप टि–२० को सुपर टेनमा, इक्वालको विष्फोटक ब्याटिङ्

logo
प्रकाशित २०७२ चैत १ सोमबार
bangladesh-2.jpg.jpeg
एजेन्सी । बंगलादेश ओमानलाई हराउँदै विश्वकप टि–ट्वेन्टी क्रिकेटको सुपर टेनमा पुगेको छ । भारतकोे धर्मशालामा भएको समूह ‘ए’अन्तर्गतको अन्तिम लिग खेलमा आइतबार बंगलादेशले ओमानलाई ५४ रनले हराउँदै सुपर टेनको यात्रा तय गरेको हो ।
 
टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा २ विकट गुमाएर १ सय ८० रन बनायो ।बंगलादेशका लागि तमिम इक्वालले १ सय ३ रनको शतकीय पारी खेल्दा सबीर रहमानले ४४ रन बनाए । इक्वालको विष्फोटक व्याटिङ नै बंगलादेशलाई अघिल्लो चण पुग्न पर्याप्त बन्यो ।  १ सय ८१ रनको चुनौती पछ्याएको ओमानले व्याटिङ थालेपछी वर्षाले खेल दुई पटक अवरुद्ध भयो ।
 
वर्षाले खेल रोकिएपछी १२ ओभर छोट्ट्याइएको खेलमा १ सय २० रनको चुनौती पाएको ओमानले ९ विकेट गुमाएर ६५ रन मात्रै जोड्न सक्यो । ओमानका लागि जतिन्दर सिंहले २५ रन बनाउन बाहेक अन्य व्याट्सम्यानले खासै अंक जोड्न सकेनन् । बंगलादेशले डक वर्थ लेविस पद्धति (डी.एल) मेथर्डमा ५४ रनको शानदार जित निकाल्यो ।
 
योसंगै सुपर टेनमा पुग्ने दुई टोलीको टंगो लागेको छ । अफ्गानिस्तान समुह चरण पार गर्दै यसअघि नै सुपर टेनमा पुगिसकेको छ । सुपर टेनका खेलहरु मंगलबारबाट सुरु हुँदैछन् । पहिलो खेलमा आयोजक भारत र न्यूजिल्याण्ड आमने सामने हुने छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ