arrow

वाट्फोर्ड एफए कपको सेमिफाइनलमा, आर्सनल स्तब्ध

logo
प्रकाशित २०७२ चैत १ सोमबार
3227B55300000578-3490294-Guedioura.jpg.jpeg
एजेन्सी । आर्सनललाई हराउँदै वाट्फोर्ड एफए कप फुटबलको सेमिफाइनलमा पुगेको छ । आइतबार राति आर्सनलको मैदानमा भएको खेलमा खेलमा वाट्फोर्डले २–१ को संघर्षपूर्ण जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । वाट्फोर्डलाई विजयी गराउन ओडियन इगालो र एड्लेन ग्वेडीओराले एक–एक गोल गरे ।
 
खेलको अन्तिम समयतिरु आर्सनलका ड्यानी वेलबेकले एक गोल गरे पनि हार टरेन । वाट्फोर्डसंगै सेमिफाइनल पुग्ने तीन टोलीको टुंगो लागेको छ । यसअघि क्रिष्टल प्यालेस र एभर्टन सेमिफाइनलमा पुगिसकेका छन् । प्यालेसले रिडिङ र एभर्टन चेल्सीलाई हराउँदै अन्तिम चारमा पुगेका हुन् । 
 
यस्तै, एफए कपको अर्को खेलमा वेष्ट ह्याम युनाइटेडले म्यान्चेस्टर युनाइटेडलाई १–१ गोलको बराबरीमा रोकेको छ । पहिलो हाफ गोल रहित बराबरी सकिंदा दस्रो हाफमा वेष्ट ह्यामका दिमित्री पाएटले गोल गर्दै टोलीलाई अग्रता दिलाए । यद्यपि, म्यानचेस्टर युनाइटेडका एन्टोनी मार्टिएलले एक गोल फर्काउँदै खेल बराबरी पारे । 
 
यो बराबरीपछि संगै अन्तिम चारमा पुग्ने सवै टोलीको टुंगो लाग्न सकेन । अब यी दुईबीच १० गते बुधवार (मार्च २३) मा रि प्ले खेल हुनेछ । खेल वेष्ट ह्याम युनाइटेडको मैदानमा हुनेछ ।
Troy Deeney (right) was the star man for Watford as they beat Arsenal 2-1 in the FA Cup quarter-final
 
Gabriel flew into a tackle on Watford forward Deeney with two feet off the ground but was not punished



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ