arrow

विश्वको पहिलो उड्नसक्ने जेट सुट, प्रतिघण्टा ८९ किलोमिटर उड्न सकिने

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
jet-suit.jpg

काठमाडौं ।  बेलायती एक कम्पनीले उड्नसक्ने जेट सुट तयार पारेको छ । यसलाई लगाएर प्रतिघण्टा ८९ किलोमिटरको उडान भर्न सकिन्छ । यसमा कम्पनीले विशेष किसिमको सिस्टम तयार पारेको छ । यो हातमा लगाएको ५ ओटा ग्यास टर्बाइनको सहयोगमा काम गर्नेछ । टर्बाइनको क्षमता १ ब्रेक हर्सपावर छ । एकपटकमा यो ८ मिनेटसम्म उड्नसक्छ ।

मानिसको शरीरबाट नियन्त्रण गर्न सकिने जेट इन्जिन पावर सुटलाई सबैभन्दा छिटो चल्नसक्ने भएकोले सन् २०१७ मा गिनिज वल्र्ड रेकर्डबाट पनि सम्मानित गरिएको थियो । यसलाई बनाउने बेलायती कम्पनी ग्रेविटी इन्डस्ट्रीजले यसको पेटेन्ट पनि फाइल गरेको छ । रिपोर्टमा यसलाई लगाउने फ्लाइट प्रणाली बताइएको छ ।

कम्पनीको दस्तावेजमा यसलाई मार्बल स्टूडियोजको आयरन म्यानबाट प्रेरित बताइएको छ । विश्वका २० मुलुकमा यसको प्रदर्शन गरिएको छ । कम्पनीले यसको रेस सिरिज सन् २०१९ को मध्यमा सार्वजनिक गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ