arrow

लयमा रियाल, लस पल्मस २–१ ले स्तब्ध, रोनाल्डो परे ओझेलमा

logo
प्रकाशित २०७२ चैत १ सोमबार
ronaldo--op.jpg.jpeg
एजेन्सी । स्पेनिश ला लिगा फुटबलमा रियाल मड्रिड, सेभिया र एथ्लेटिक बिल्वाओ विजयी भएका छन् । आइतबार राति लस पल्मसको मैदानमा रियालले २–१ को जित निकाल्यो । रियाललाई विजयी गराउन सर्जिओ रामोस र क्यासिमिरोले एक –एक गोल गरे । लस पल्मसका विलियन जोसले एक गोल फर्काए । यो खेलमा मुख्य फरवार्ड क्रिश्चियानो रोनाल्डो भने ओझेलमा परे । 
 
खेलको अन्तिम समयमा सर्जिओ रामोस दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछी रियाल १० जनामा सिमित भयो । जितसंगै रियालले दोस्रो स्थानको एथ्लेटिको मड्रिडसंग अंक दूरी कम गरेको छ । 
 
यस्तै, सेभियाले भिल्लारियललाई ४–२ ले हराउँदा एथ्लेटिक बिल्वाओले रियाल बेटिसलाई ३–१ ले स्तब्ध तुल्यायो । लेभान्तेले भ्यालेन्सियालाई १–० ले पाखा लगायो । योसंगै २९ खेलबाट ७५ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । दोस्रो स्थनाको एथ्लेटिको मड्रिडको ६७ अंक छ भने, तेस्रो स्थानको रियाल मड्रिडको ६३ अंक भएको छ । 
Sergio Ramos heads home from an Isco corner-kick as Real Madrid registered an all-important victory over Las Palmas on Sunday night
 
Ramos acrobatically celebrates as Real kept up their faint La Liga title hopes after wins this weekend for Barcelona and Atletico Madrid
 
The Real Madrid players gather round their captain Ramos to celebrate the opening goal at Estadio Gran Canaria on Sunday night



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ