arrow

हलिउड स्टारद्वारा न्युजिल्याण्ड हमलाको निन्दा

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
hollywood-star.jpg

काठमाडौं । ओस्कार पुरस्कार विजेता अभिनेता रसेल क्रो, निर्देशक टाइका वाइटीटी र अभिनेता सैम लीनसमेत न्युजिल्याण्डका प्रतिष्ठित फिल्म हस्तिले क्राइस्टचर्चमा भएको अहातंकवादी आक्रमणको निन्दा गरेका छन् ।

 मध्य क्राइस्टचर्चको अल नूर मस्जिद र शहरको उपनगरस्थित लिनवुड मस्जिदमा पर हमलाको उनीहरुले निन्दा गर्दै घटनामा मरेकाप्रति दुःख व्यक्त गरेका हुन् ।

उक्त आक्रमणमा ४९ जनाको ज्यान गएको थियो । यसलाई मुस्लिम समुदायको अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण बताइएको छ । चर्चित निर्देशक वाइटीटीले सामाजिक सञ्जाल ट्वीटरमा शोक सन्तप्त समुदायप्रति समर्थन जनाएका छन् ।

उनले आफ्नो दिल टुटेको र आफ्नो देश रोइरहेको र आफू पनि रोइरहेको बताएका छन् । अर्का सम्मानित अभिनेता क्रोले यो घटनालाई मूर्खतापूर्ण बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ