arrow

आलिया भट्टपछि सिद्धार्थ मल्होत्राले पाए यी नायिकाको साथ

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
sidhartha.jpg

काठमाडौं । कुनै समय सिद्धार्थ मल्होत्रा र आलिया भट्टको प्रेम सम्बन्ध निकै चर्चामा थियो । यतिमात्र होइन उनीहरुका फ्यानले पनि यो जोडी मन पराएका थिए । तर, अचानक उनीहरुको ब्रेकअप भएको समाचार सार्वजनिक भयो ।

सिद्धार्थसँग छुट्टिएसँगै आलिया अहिले रणवीर कपूरसँग प्रेमसम्बन्धमा छिन् । यसैबीच अहिले सिद्धार्थ ११ वर्ष कम उमेरकी नायिकासँग प्रेममा रहेको समाचार सार्वजनिक भएको छ ।

सिद्धार्थसँग प्रेममा रहेकी नायिका ‘स्टुडेन्ट अफ द इयर २’ की नायिका तारा सुतारिया हुन् । तारा करण जोहरको ‘स्टुडेन्ट अफ द इयर २’ बाट बलिउडमा डेब्यु गर्दैछिन् ।

लामो समयसम्म उनीहरु घुमघामबाट बच्दै आएका थिए तर हालसालै उनीहरुलाई एकैसाथ देखिएको थियो । यद्यपि अहिलेसम्म यी दुईको प्रेमबारे आधिकारिक पुष्टि भने भएको छैन ।

केही समयअघि एक टक शोमा पनि भारतीय अभिनेता टाइगर श्राफले तारा र सिद्धार्थ मल्होत्राको प्रेम सम्बन्धबारे संकेत गरेका थिए । उनलाई सिद्धार्थ मल्होत्रासँग के खोस्न चाहनुहुन्छ भनी गरिएको प्रश्नमा उनले तारातर्फ हेरेर हाँसेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ