arrow

फेसबुकले बन्द गर्दैछ यस्ता फोटो र भिडियो, कम्पनीले तयार गर्‍यो एआई टूल

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
facebook7.jpg

काठमाडौं । सामाजिक सञ्जालमा यौन उत्पीडनको बढ्दो घटना रोक्न फेसबुकले आर्टिफिशियल इन्टेलिजेन्स (एआई)को प्रयोग गर्ने भएको छ । कम्पनीले यसका लागि एक टूल तयार पारेको छ । यो टूलले आफैं अश्लील फोटो र भिडियो खोज्नेछ र त्यसलाई डिलिट पनि गर्नेछ ।

कम्पनीको दाबीअनुसार यो टूलले पोस्ट कसैसँग बदला लिनका लागि गरिएको हो वा होइन भन्ने कुरा सुनिश्चित गर्नेछ । यदि पोस्ट गलत रहेको पाइए त्यसलाई तत्काल हटाउने छ ।

कम्पनीले यस किसिमको टूल पीडित मानिसहरुको लागि निकै जरुरी रहेको बताएको छ । फेसबुकमा डाटाको विवाद आएसँगै मानिसहरु आफ्नो गोप्य विवरण शेयर गर्न हिच्किचाइरहेका छन् ।

फेसबुकको प्लेटफर्म अश्लील सामग्रीबाट छुट्कारा पाउनका लागि यो नयाँ प्रयास रहेको बताइएको छ । कम्पनीका कन्टेन्ट मोडेरेटरले यस किसिमको सामग्रीले मानिसलाई मानसिक प्रताडनाबाट गुज्रिनुपर्ने अवस्था रहेको दाबी गरेका थिए ।

विज्ञहरुले भने यसले ह्युमन फिल्टरको माध्यमबाट प्रयोग गरिनेछ, यसले अश्लील कन्टेन्टलाई भाइरल हुनबाट बचाउँछ । फेसबुक अश्लील कन्टेन्टको मामिलामा धेरैपटक प्रयोगकर्ताको विरोधको शिकार बन्न पुगेको छ । यसलाई मध्यनजर गर्दै कम्पनीले यस्तो योजना ल्याएको हो । यो प्रविधिको प्रयोग फेसबुकका साथै इन्स्टाग्रामजस्ता एपमा पनि गर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ