काठमाडौं। बोधी एचडी तथा 8848 मिडियाको डिजिटल माध्यमबाट विश्वव्यापि प्रदर्शन हुन लागेको नेपाली चलचित्र 'तुलसी’को शिर्षक गीत 'सिम सिम पानी' ('सिम सिमे छपै छपै सिम सिम पानी') बोलको गीत आज यूट्युबमा सार्वजनिक भएको छ। गीतमा बलिउडकी सदाबहार गायिका आशा भोषलेको स्वर रहेको छ।
बरिष्ठ चलचित्र तथा नृत्य निर्देशक राजु साहको कोरीयोग्राफी रहेको यो गीतमा आशा भोसले - भ्वाईस अफ बलिउडले स्वर दिएकी छिन् भने बरिष्ठ सङ्गीतकार रञ्जीत गजमेरले सङ्गीत भरेका छन्। मिजास ईन्टरटेनमेन्ट एण्ड मिडिया प्रालिको ब्यानरमा चलचित्रको शंकर घिमिरेको निर्माण तथा निर्देशन एवं ऋचा घिमिरेको प्रस्तुति रहेको छ।
गीतलाई कास्कीको धम्पुसमा स्थानीय बाल बालिकाहरुका साथ अभिनेत्री ऋचा घिमिरेको प्रस्तुति रहेको यो गीत सबै उमेरका दर्शकहरुले मन पराउने छन्। चलचित्रको अघिल्लो गीत झैँ मन पराईदिने कुरामा विश्वस्त छौं चलचित्रका निर्माता तथा निर्देशक शंकर घिमिरेले बताए।
स्मरण रहोस 'मेलाको रम झम' बोल रहेको 'तुलसी' को अघिल्लो गीतलाई लाखौ दर्शकहरुले यूट्युबमा हेरीसकेका छन्।