arrow

स्मार्टफोनमा राम्रो क्यामेरा खोज्छन् ८९ प्रतिशत भारतीय ग्राहक

logo
एजेन्सी
प्रकाशित २०७५ चैत ३ आइतबार
smartphone-camera.png

काठमाडौं । स्मार्टफोन खरिद गर्दा फोनको हार्डवेयर र सफ्वेयरको विषयमा फरकफरक फिचर्सबारे निकै ध्यान दिने गरिन्छ । पछिल्लो रिपोर्टअनुसार ८९ प्रतिशत भारतीय स्मार्टफोन खरिदकर्ताको लागि पहिलो प्राथमिकतामा राम्रो क्यामेरा पर्ने गरेको छ ।
 
त्यसपछि ८७ प्रतिशतले ब्याट्रिको लाइफ हेर्ने गरेका छन् भने ७९ प्रतिशतले र्‍याम र ७२ प्रतिशतले इन्टर्नल मेमोरीमा ध्यान दिने गरेका छन् । साइबर मिडिया रिसर्च (सीएमआर)को एक रिपोर्टमा यस्तो उल्लेख गरिएको हो । 

साइबर मिडिया रिसर्चको यो सर्वे फेब्रुअरी २०१९ मा भारतका ८ शहरका १५ देखि ३० वर्षका युवामा गरिएको थियो । सर्वेमा बताइएअनुसार युवाहरु नयाँ स्मार्टफोनको परीक्षण गर्न पनि रुचाउने गरेको पाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ