arrow

के सनातन हिन्दू धर्म दिन प्रतिदिन संकटोन्मूख छ ?

logo
प्रकाशित २०७५ चैत ४ सोमबार
hindu-yoga.jpg

काठमाडौं। विश्वको सबैभन्दा प्राचीन धर्ममा हिन्दू धर्मको नाम सबैभन्दा अगाडि आउँछ। हिन्दू धर्मको स्थापना भारत वर्षमा भएको थियो। भारत वर्षभित्रको भारत र नेपाललाई अहिले पनि हिन्दू प्रधान मान्ने गरिएको छ। किनकी यहाँ हिन्दूहरुको जनसंख्या सबैभन्दा अधिक रहेको मानिन्छ। औसतमा निकाल्ने हो भने विश्वको हर कुनामा हिन्दूहरु फैलिएका छन्। किन्तु भारत र नेपालमा पहिलेदेखि नै धर्मको नाममा ठूला ठूला लडाईंहरु समेत भएको हामी पाउँदछौं।

राजनीतिमा समेत एक धर्मको भोट बैंक छ। जसलाई पाउनको लागि मानिसहरुले अनेकानेक हत्कण्डाहरु अपनाउने गर्दछन्। विश्वमा घट्दै गएको भनिएको हिन्दू धर्मको अस्तित्व के भारत र नेपालले मात्रै जोगाएको हो रु के हिन्दू धर्मको अस्तित्व पछिल्लो समय संकटमा पर्न थालेको हो रु

के छ आँकडा ?
विश्वमा कहाँ-कहाँ हिंदूहरुको जनसंख्या घटिरहेको छ रु यदि यस्तै हुने हो भने हिन्दू संस्कृति संकटोन्मूख बन्दै जान सक्छ। ८ १९५१ मा भारतमा हिन्दूहरुको जनसंख्या ८६५ भन्दा अधिक थियो। तर अहिले यो  जनसंख्या घटेर मात्र ७९५ मा सीमित भएको छ । जुन एकदमै ठूलो समस्या हो। 

८ मोरिशसमा जहाँ हिन्दूहरुको जनसंख्या ५६५ थियो त्यहाँ पछिल्लो केही दशकमा यो जनसंख्या घटेर मात्र ४८५ मा सीमित भएको छ। यही स्थिति सिर्जना हुने हो भने मोरिशसमा एक दिन हिंदूहरु अल्पसंख्यक बन्नसक्ने समेत देखिएको छ।

८ नेपालमा सन् १९५२ मा हिन्दूहरुको संख्या ८९५ थियो यो २०११ मा भएको जनगणनामा हिन्दूहरुको संख्या घटेर ८३५ मा सीमित भयो। 
८ फिजीमा १९७२ मा हिन्दूहरुको संख्या ४०५ थियो। त्यहाँ २०१२मा यो संख्या घटेर ३२५ मा सीमित भयो।

जनसंख्या घट्नुको मुख्य कारणस्
यदि यो संख्या यसरी नै घट्दै जाने हो भने के होला केही वर्षपछिको स्थिति रु यसरी जनसंख्या घट्नुको मूलभूत कारणहरु तल प्रस्तुत गरिएको छ । 

निम्न जन्म दर
हिन्दूहरुको जनसंख्या कम हुनुको मुख्य कारण जन्मदरको कम हुनु हो। हिन्दू एक या दुई भन्दा बढी बच्चा जन्माउँदैनन्। यही कारणले यसको दर कम हुन पुग्दछ।

धर्म परिवर्तन
धेरै हिन्दूहरु गरिबीका कारण पैसाका कारण हिन्दू धर्म छोडेर दोस्रो धर्म अपनाउनेको संख्या पनि धेरै छ। जसमा हिन्दूहरुको जनसंख्या घटिरहेको छ। धर्मान्तरणको समेत समस्या ठूलो छ।

अर्को धर्मको अत्याचार 
कम हिन्दू भएको ठाउँमा अरु धर्मको अत्याचार सहन नसकि हिन्दू धर्म मान्न नसक्नेहरुको पनि निकै जनसंख्या रहेको छ । यसले पनि हिन्दूहरुको संख्या घटाएको छ । यसका प्रमुख उदाहरण जम्मू-कश्मीर हो । 

जातीय र धार्मिक असहिष्णुता
धार्मिक असहिष्णुता पनि भारतको केही राज्यहरुमा चरम देखिन्छ। जहाँ हिन्दूहरुको जनसंख्या लगातार घट्दै गएको छ। यसमध्ये केही राज्य छ। पश्चिम बंगाल,जम्मू कश्मीर, असम, केरल आदि। यहाँ भारतीय हिन्दूहरुको लागि एक गम्भीर समस्या बनेको छ। यदि यसको कुनै समाधान छैन भने हिन्दू यी राज्यमा आफ्नो अस्तित्व केही वर्षमा नै गुमाउने अवस्था सिर्जना हुन सक्छ। त्यस्तै नेपालमा पनि जातीय असहिष्णुताका कारण धर्म परिवर्तनको कुरा बढी भइरहेको छ।

यसरी हामीले आफ्नै भूमिमा सनातन धर्मलाई गुमाउँदै गएपनि पश्चिमा मुलुकहरुमा भने यो धर्म अवलम्बन गर्नेहरुको संख्या बढ्ने क्रममा छ। जर्मनी, इण्डोनेशिया अमेरिका जस्ता देशहरुमा पनि यो धर्मका अनुयायीहरु बढ्दै गएकोले सनातन धर्म नष्ट भने हुँदैन भन्न सकिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ