arrow

बंगलादेशमा अन्तराष्ट्रिय चलचित्र महोत्सव; बुद्ध दर्शनको नेपाली चलचित्रलाई प्राथमिकता

logo
प्रकाशित २०७२ चैत १ सोमबार
काठमाडौँ। आगामी अप्रिल १५ देखि २२ मा बङ्गलादेशमा हुने ‘कोक्स बीच अन्तर्राष्ट्रिय फिल्म महोत्सव, २०१६’ मा बुद्धको जन्मभूमि नेपाल भएको र बुद्ध दर्शनको महत्व झल्कने नेपाली चलचित्रलाई प्राथमिकता दिइने भएको छ । 
 
इन्टरनेसनल एकेडेमी अफ फिल्म एन्ड मिडियाले चलचित्र पर्यटनलाई केन्द्रमा राखी बङ्गलादेशको नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको सहकार्यमा हुने महोत्सवका लागि ट्रष्ट मी फाउन्डेसन नेपालको तर्फबाट संयोजन गरिरहेको छ । 
 
सो संस्थाका अध्यक्ष जनिसा भट्टराईले चलचित्र÷वृत्तचित्रले बाँकी विश्वलाई नेपालको गौरव, पहिचान र सकारात्मक पक्षबारे जान्ने अवसर प्राप्त हुने बताउनुभयो । 
 
महोत्सवमा बुद्धसम्बन्धी तथा नेपालको पुनःनिर्माण र नवनिर्माण, नेपालमा सन् २०१५ को विनाशकारी भूकम्प (पर्यटन प्रवद्र्धनमा प्रतिकूल असर नपर्ने), औद्योगिक क्रान्ति र आर्थिक विकासका लागि अखण्ड सार्कको भूमिकाजस्ता विषयका चलचित्रले पनि स्थान पाउने उहाँले जानकारी दिनुभयो । 
 
सन् २०१५ मा निर्मित फिचर फिल्म र विगत तीन वर्षयता वा नयाँ निर्मित डकुमेन्ट्रीले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ