arrow

बर्डफलु संक्रमित क्षेत्रमा संकटग्रस्ट क्षेत्र घोषणा, बर्डफ्लुका भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्दै

जंगली आयातित चराबाट लोकलमा सर्दै 

logo
प्रकाशित २०७५ चैत ५ मंगलबार
bird-flue-1.jpg

काठमाडौं। काठमाडौ र मकवानपुरमा बर्डफ्लू भेटिएसंगै यी क्षेत्रमा संकटग्रस्ट क्षेत्र घोषणा गरिएको  छ। काठमाडौंको तारकेश्वर र टोखा क्षेत्रमा, मकवानपुरको नागस्वतीस्थित कर्मसिलय कुखुरा फार्मका कुखुरामा बर्डफ्लु भेटिएको पुष्टि भएसंगै संकटग्रस्ट क्षेत्र घोषणा गरिएको हो। तारकेश्वर नगरपालीका वडा १ सांगलेखोला , टोखा  नगरपालीका भलमल क्षेत्रमा  तथा हेटौडा उपमहानगरपालीका वडा नम्बर ७ मा संकटग्रस्ट क्षेत्र घोषणा गरेको पशु सेवा बिभागले जनाएको छ। 

काठमाडौंमा  बर्डफ्लु भेटिएपछि २४ हजार ७ सय कुखुरा र ३ हजार ६ सय अण्डा नष्ट गरि निसंक्रमणको कार्य गरि संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। काठमाडौको तारकेश्वरमा गएको बर्ष देखा परेको क्षेत्रमै फेरी बर्डफ्लु  देखा परेको हो। सङ्क्रमित क्षेत्रलाई हाल चार किल्ला कायम गरिएको र त्यहाँ रहेका कुखुरा, चल्ला एवम् पक्षीजन्य पदार्थ पूर्णरुपमा नष्ट गरिएका छन। 

यसैगरी मकवानपुरको हेटौडा ६ र ७ वडाका २५ कुखुरा र्फाममा बर्डफ्लु भेटिएपछि ती स्थानमा रहेका कुखुरा तथा कुखुराजन्य पर्दाथ नष्ट गरिएको छ । त्यहा करीब ४१ हजार कुखुरा तथा ६ हजार ८ अण्डा नष्ट गरि बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरी निसंक्रमणको कार्य गरिएको बिभागका उपमहानिर्देशक डा सम्झना काप्लेले बताए।

त्यस सङ्क्रमित क्षेत्रबाट कुखुरा र कुखुराजन्य वस्तु ओसारपसार गर्न समेत रोक लगाइएको र जिल्ला प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ।

पछिल्लो समयमा पोखराको मादी गाउपालीकाका  स्थानीय किसानहरुले पालेका कुखुरामा बर्डफ्लू भेटिए पछि त्यहा कुखुरा तथा कुखुराजन्य पर्दाथ नष्ट गरी निसंक्रमण कार्य गरिएको छ। यस क्षेत्रदेखि १० किलोमिटरको आसपासमा निगरानी भइरहेको बिभागले जनाएको छ। 

बर्डफ्लुका भाइरसले आफनो स्वरुप परिबर्तन गर्दै

अहिले बर्डफ्लुका भाइरसले आफनो स्वरुप परिबर्तन गरी १२ अ‍ै महिना देखा पर्न थालेको छ ।  बर्डफलुको भाइरस बिशेषगरी जंगली आयातित चरामा सुषुप्त रुपमा रहने भएपनि यी भाइरस लोकल चरामा भने कडा रुपमा रहने भएकाले क्षतिका हिसाबले यीनीहरु पर्ने गरेको अध्ययनहरुले देखाएको छ ।

भारतमा देखा परेको केही समयपछि नेपालमा पनि बर्डफलु देखा परेको डा काफ्ले बताए । यसपाली भारतमा बर्डफलु देखा परेको ३ महिनापछि नेपालमा देखा परेको  हो। बिगतका बर्षमा पनि भारतमा देखा परेको केही समयमा नेपालमा देखा परेको थियो । चल्ला तथा कुखुराका सामग्री ओसार पसार गर्ने क्रममा यस्तो रोगको भाइरस नेपालमा फैलने सम्भावना र आयात हुने सम्भावना अत्यधिक  रहन्छ।

क्षतिपुर्ति दिनेबारे प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा  दररेट समितिको बैठक बसेर त्यस स्थानको मुल्य अनुसार ७५ प्रतिशत उपलब्ध गराउने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ