arrow

विवाहको तयारीमा परिणीति चोपडा

logo
प्रकाशित २०७५ चैत ५ मंगलबार
parineeti-chopra.jpg

काठमाडौं । परिणीति चोपडा ‘अग्निपथ’का सहायक निर्देशक चरित देसाईसँग डेट गरिरहेको समाचार सार्वजनिक भएको थियो । यसै समाचारका बीच एक निजी पार्टीमा उनी चरितसँग देखिएकी थिइन् ।

त्यतिबेला सार्वजनिक भएको तस्वीर भाइरल बन्न पुगेको थियो । तर, यस विषयमा उनले कुनै सफाइ दिएकी छैनन् । अहिले परिणीति चोपडा आफ्नो आगामी फिल्म ‘केसरी’ प्रमोशनमा जुटेकी थिइन् । प्रमोशनको क्रममा प्रेमसम्बन्धको विषयमा पनि प्रश्न सोधिने क्रममा छन् ।

परिणीतिले हालसालै एक अन्तर्वार्तामा आफू प्रेमसम्बन्धको विषयमा बोल्न तयार नरहेको बताएकी छिन् । उनका अनुसार यो आफ्नो सही समय नरहेको बताएकी छिन् । उनले मानिसहरुले आफूले केही लुकाएको जस्तो सोचिरहेको तर त्यस्तो केही नरहेको बताएकी छिन् ।

परिणीतिलाई अब छिटै नै विवाहको तयारी भइरहेको छ ? भनी गरिएको प्रश्नमा उनले स्वीकृति जनाइन् । उनले मानसिकरुपमा तयार भएपछि विवाह गर्नु उचित हुने बताइन् । उनले आफू विवाहका लागि पाँच वर्षसम्म कुर्ने पक्षमा नरहेको स्पष्ट पारिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ