arrow

भारतका यी वैज्ञानिक जसलाई २४ वर्षसम्म मानिन्थ्यो गद्दार, पछि पाए पदम् भूषण पुरस्कार

logo
प्रकाशित २०७५ चैत ५ मंगलबार
nambi_narayanan.jpg

काठमाडौं । भारतका एक प्रतिभाशाली वैज्ञानिकमाथि मुलुकसँग गद्दारी गरेको आरोप लागेको थियो । त्यसका लागि उनी जेल पनि गएका थिए तर अन्तिममा उनले सरकारबाट सम्मान पनि पाएका थिए ।

यी वैज्ञानिक नम्बी नारायणन हो । यिनलाई आफूलाई निर्दोष साबित गर्न २४ वर्ष लागेको थियो । उनले ‘विकास इन्जिन’ बनाएका थिए । यो इन्जिनको सहयोगमा भारतले आफ्नो पहिलो एीएसएलवी सार्वजनिक गरेको थियो । अहिले पनि ऐतिहासिक मेसिनमा यही मेसिनको प्रयोग हुने गरेको छ ।
 
कुनै समय भारत ठोस इन्धनका लागि रकेटको उच्च प्रविधिको लागि विदेशीसँग निर्भर थियो । यस्तोमा नारायणनले पहिलोपटक द्रव्य इन्धनको दिशामा बदलावको शुरुवात गरेका थिए ।

उनको यो विचारसँग उनका सिनियर एपीजे अब्दुल कलाम, विक्रम साराभाइ आदि सहमत थिएनन् तर उनलाई आफ्नो अनुसन्धान अघि बढाउने अनुमति दिइएको थियो ।

सन् १९९४ मा नै नारायणनले क्रायोजेनिक स्पेस इन्जिन प्रोग्रामका इन्चार्ज पनि बनेका थिए । यस क्रममा उनीमाथि जासुसी गर्ने गलत आरोप लागेको थियो । उनलाई माल्दिभ्सका अधिकारीलाई सूचना दिएको आरोपमा पक्राउ गरिएको थियो । रिपोर्टका ५० दिनसम्म जेल बसेका थिए । सन् १९९६ मा उनको यो मुद्दा सीबीआईलाई सुम्पिएको थियो ।

सीबीआईको जाँचको रिपोर्टपछि अदालतले सबै आरोप निराधार रहेको साबित गरेको थियो । साथै उनलाई ५० लाख भारु क्षतिपूर्तिका लागि दिने फैसला सुनाएको थियो ।

गत जनवरीमा उनलाई पद्म भूषण अवार्ड दिने घोषणा भएको थियो । उनले यो घोषणपछि यसले आफ्नो योगदानको सम्मान भएको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ