arrow

जब श्रीमतीको फोन आएपछि सलमानलाई छोडेर घर भागे संजय

logo
प्रकाशित २०७५ चैत ५ मंगलबार
sanjay-dutt-salman-khan.jpeg

काठमाडौं । बलिउड स्टार संजय दत्त श्रीमतीको फोन आएर घर भागेपछि आफुले विवाह गर्ने सोच बनाउन छाडेको सलमान खानले बताएका छन् । सलमान खानले सञ्जय दत्तको अवस्था देखेपछि आफूले विवाहको सोच नबनाएको बताए।

 सलमान खानले ‘द कपिल शर्मा शो’को क्रममा उक्त प्रसंग बताएका हुन् ।  सलमान खानलाई एकपटक सञ्जय दत्तले आफूलाई विवाहको सल्लाह दिँदै गर्दा उनकी श्रीमतीको फोन आएको र आफूलाई त्यहीँ छाडेर उनी घर भगेको बताए । उनले भने, ‘एकपटक सञ्जु बाबाले मलाई विवाह गर्नुपर्छ भनेर सम्झाइरहेका थिए । त्यतिबेला उनको फोनको घण्टी बज्यो र उनी एक सेकेन्ड भनेर त्यहाँबाट गए । त्यसपछि मलाई थाहा भयो कि विवाह गर्नु कति गाह्रो छ ।’

५३ बर्ष पुगेका सलमानको विवाहको चर्चा उनको जन्मदिन तथा नयाँ वर्षको शुरुवातसँगै चुलिने गर्छ। यसपटक पनि सलमान खानको विवाहको चर्चा चुलिएको थियो तर उनले सञ्जय दत्तलाई देखाएर पन्छिएका छन् ।

 सन् २०१६ मा  संजय दत्त जेलबाट बाहिर आएपछि दुईबीच मतभेद रहेको कुरा मीडियामा आएको थियो । संजयले एक अन्तर्वार्ताको क्रममा सलमान र आफुबीचको मनमुटावको हल्ला मिडियाले गर्दा भएको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ