arrow

ब्रह्माको ३२ वर्ष सेवापछि फर्किए असुर सम्राट विरोचन, ६४ पछि देवराज इन्द्रले पाए यस्तो ज्ञान

logo
गुरुज्ञान १,
प्रकाशित २०७५ चैत ५ मंगलबार
Brahma.jpg

काठमाडौं ।  संसारका सृष्टिकर्ता भगवान ब्रह्मा जब आत्माज्ञानको चर्चा गरिरहेका थिए । तब सो चर्चा सुन्न देवता र दानव दुवै सम्मिलित थिए । ब्रह्मा जी जगतपिता थिए त्यसकारण उनि भित्र दानव र देउता बिच कुनै फरक थिएन । सम्पुर्ण जीवलाई पुत्रवत् मानेर उनि आत्मज्ञानको शिक्षा दिन थाले । बुझाउन लागे कि जो अजर-अमर अविनाशी ज्ञान छ त्यसलाई प्राप्त गर । तब तिमीले मुक्ति पाउनेछौ । जुन जीवनको परम लक्ष्य हो ।

यस प्रकार जब ब्रह्मा देवले ब्रह्मज्ञानको चर्चा गर्न थाले तब देवताका राजा इन्द्र र असुर सम्राट विरोचन दुवै पुगे । इन्द्र देवताहरुका प्रतिनिधित्व गरेर  तथा बिरोचन दानवहरुको प्रतिनिधि बनेर त्यहा पुगे ।

देवराज इन्द्र र असुर सम्राट विरोचन दुवैले विन्ति गर्न थाले, ' हे बह्म देव ! हामीलाई आत्मज्ञान दिनुहोस ।' ज्ञान प्रप्तिको उद्देशयले दुवैले बत्तीस वर्षसम्म ब्रह्मा जीको सेवा गरे । तपस्या गरे । आजका मानिसहरु त भन्छन् मलाई चाडै आत्मज्ञान दिनुहोस । मेरो गाडि छुट्न लागेको छ । मलाई जानु छ । तर सो जमनामा आत्मज्ञानको यति धेरै किमत सम्झिन्थो कि दुवैले बत्तीस वर्षसम्म सेवा गरि रहे । जो ज्ञानको भोको छ,  ज्ञानको इच्छुक हुन्छ । जसमा ज्ञानप्रति श्रद्धा छ । उ तपस्या गरेर कष्ट सहेर पनि ज्ञानको प्रप्तिको लागि निरन्तर डटि रहन्छ । तर जस भित्र ज्ञान प्रति साचो भावना हुदैन । उ ज्ञानको लागि कष्ट सहन गर्न सक्दैन । तप गर्न सक्दैन ।

यस प्रकार बत्तीस वर्षसम्म सेवा गरेपछि ब्रह्मा देवले भने,'आत्मज्ञानको लागि तिमी पहिलेआफुले आफुलाई जान ।' आफुले आफुलाई चिन्नको लागि  हेर्नको लागि दुवै एक पोखरीमा पुगे । पानीमा ठम्याए हेर्दा दुवैले आफ्नो अनुहार देखे जसलाई देखेर उनिहरुले सोचे कि हामीले आफुले आफैलाई चिन्यौ । हामीलाई आत्मज्ञान प्राप्त भयो ।

जब दुवै ब्रह्मा जी कोमा दुवै पुगे त ब्रह्मा जीले भने,'  हे देव असुर ! जब आत्मज्ञान हुन्छ त संसारबाट निवृत्ति हुन्छ । व्यक्तिले असीम आनन्दलाई प्रप्त गर्छ ।' दुवैले भने, ' हे बह्म देव ! हामीलाई आनन्द त प्रप्ति भएन तर हामीले आफुले आफुलाई चिन्यौ । हामी जलाशयमा गएर आफुले आफुलाई हेरेर आयौं ।'

ब्रह्मा जीले भने, 'अब तिमीहरु केहि आभूषण लगाएर जाऔ । खुब सज्जिएर जाऔ फेरि हेर्नु कि के देखिन्छ ? तब तिमीहरुको बुझाइमा आउनेछ कि आत्माज्ञान के हो ?'

दुबै आफ्नो शरीरलाई खुब सजाएर पोखरी पुगे । पोखरीमा आफ्नो सुन्दर शरीर,अनुहारलाई आफ्नो प्रतिबिम्बलाई हेरेर निकै प्रसन्न भए । आफ्नो सुन्दर अनुहार एवं सुदृढ शरीरलाई देखेर विरोचनले सोच्यो, 'अब मैले आफुले आफुलाई जाने । मैले जाने कि म को हुँ । म त शरीर हुँ - यहि आत्मज्ञान हो ।'
 मनमा सो निर्णय गरेर उ पातल लोक फर्कियो र आफ्नो शरीरको पुजा गर्न थाल्यो । हेरचाह गर्न थाल्यो ।  यसलाई सुन्दर राख्नुपर्छ नत्र आत्मज्ञान कुरुप हुनेछ भन्न लाग्यो । त्यसैले जीवनमा आनन्द प्रप्तिको लागि शरीरलाई सुन्दर बनायो ।

तपाईले देख्नुभएको होला कि आज पनि शरीरलाई सजाएर राख्ने त्यहि असुर परम्परा विद्यमान छ । आज पनि शवको पुजा हुन्छ । शवको पुजाको विधान, शरीर पुजाको विधान सो समय देखि चलि रहेको छ ।  

तर इन्द्रले कुरो बुझेनन् । उनि पुन ब्रह्मा देव भएको ठाँउमा गए र भने, ' बह्म देव ! मेले कुरा बुझिन। मैले पहिले आफुले आफुलाई हेर्दा नांगो देखे पुन : जादा देखे कि म आभुषणले सज्जिएकोछु  । तर महाराज म यो बुझ्न चहान्छु कि जुन चिजले यो शरीर धारण गरिरहेको छ त्यो के हो ?  जसरी शरीरले आभुषणलाई धारण गरेको छ यसै प्रकार त्यो तत्व के हो - त्यसको ज्ञान म प्राप्त गर्न चहान्छु ।'

ब्रह्मा जीले भन्न थाले, 'इन्द्र देव तिमीले आत्मज्ञानको वास्तविक आधारलाई बुझेका छौ । त्यसलाई प्रप्ति गर्नको लागि अरु सेवा गर ।' इन्द्रले पुन: बत्तीस वर्ष सेवा गरेपछि ब्रह्मा देवले उनलाई आत्मज्ञान प्रदान गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ