arrow

पराशर ऋषिले मानेको सत्यवतीको ३ शर्त, जसले महाभारतको युद्ध निम्त्यायो 

logo
प्रकाशित २०७५ चैत ६ बुधबार
satyawati_parasar.JPG

काठमाडौं । एक जमानाका ‘ऋषि पराशर बहुत विद्वान र योग सिद्धि सम्पन्न प्रसिद्ध ऋषि थिए। एक दिन उनी यमुना पार गर्नको लागि नाउमा सवार थिए। उनी सवार नाउमा एक माछीकी पुत्री सत्यवती पनि चलिरहेका थिए । ऋषि पराशर उनको रूप र यौवनलाई देखेर विचलित र व्याकुल भए । 

ऋषि पराशरले ती निषाद कन्या सत्यवतीसँग प्यार गर्ने इच्छा जनाए। सत्यवतीले भनिन् कि यो त सिधै अनैतिक हुन्छ । कुनैपनि प्रकारको अनैतिक सम्बन्धबाट जन्मिएको सन्तान मेरो हुन सक्दैन । म यसको लागि पैदा भएको व्यक्ति होइन । तर, ऋषि पराशरले मानेनन् । बरु उनले सत्यवतीसँग प्रणय निवेदन गर्न लागे । 

तब सत्यवतीले ऋषि सामु ३ शर्त राखिन् । पहिलो यो कि त्यस्तो सम्बन्ध राख्दा बसैले पनि देख्नु हुँदैन । उनले भन्ने वित्तिकै तुरुन्त ऋषि पाराशरले एक कृत्रिम आवरण बनाए । सत्यवतिले दोस्रो शर्तमा यौन सम्पर्क राखेपनि उनको कौमार्यता कुनैपनि हालतमा भंग हुनु भएन । यो शर्तमा ऋषिले आश्वासन दिए कि बच्चाको जन्मपछि मात्रै उनको कौमार्यता पहिलेको जस्तै हुन्छ । 

तेस्रो शर्त यो थियो कि उनको माछाको जस्तो जुन दूर्गन्ध छ त्यो एउटा सुगन्धमा परिणत होस् । तब पराशर ऋषिले उनको चारैतिर एक सुगन्धको वातावरण निर्मित गरिदिए । जसबाट ९ माइलसम्म सुगन्धको महसूस गर्न सकिन्छ । 

उक्त ३ शर्त पूरा गरेपछि सत्यवती र ऋषि पराशरले नाउमा नै सुहागरात मनाए। यसको परिणामस्वरूप एक द्वीपमा उनको एक पुत्रको जन्म भएको थियो । जसको नाम कृष्णद्वैपायन राखियो। यही पुत्र पछि चलेर महर्षि वेद व्यासको नामबाट प्रसिद्ध भयो।

धृतराष्ट्र, पाण्डु र विदुरलाई महर्षि वेद व्यासको पुत्र मानिएको छ । यिनै ३ पुत्रहरुमध्ये एक धृतराष्ट्रको यहाँ जब कोई पुत्र थिएनन्। वेदव्यासको कृपाले नै उनको ९९ पुत्र र १ पुत्रीको जन्म भयो ।

यदि सत्यवती ऋषि पराशरको साथ सुहागरात मनाउन राजी भएकी थिइनन् भने महाभारत महाभारत नबन्न सक्थ्यो । हामीले एउटा उदाहरणीय ग्रन्थ पनि गुमाउन पर्ने सम्भावना थियो । यो भएपनि उनले महाराजा शान्तनुसँग विवाह नगरेको भएपनि महाभारतको इतिहास केही अर्कै हुन सक्थ्यो होला । यद्यपि यसलाई सुहागरात भन्ने कि नभन्ने भन्नेबारे भने अझै बहस नै जारी छ। 
महाभारत कथाबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ