arrow

चलचित्रमा प्रयोग भएका कार र बाइक घर लग्ने प्रभासको चाहना

logo
प्रकाशित २०७५ चैत ७ बिहिबार
prabhas.JPG.jpeg

काठमाडौं । बाहुबलीको सफलतापछि प्रभास आफ्नो आगामी चलचित्र साहोका लागि काम गरिरहेका छन् । ठुलो लगानीमा बनिरहेको चलचित्र 'साहो' मा स्पेशल बाइक र कारको प्रयोग गरिएको छ । जसलाई अभिनेता अफ्नो घर लग्न चहान्छन् ।

प्रभास निजी जिन्दगीमा पनि कार र बाइकका निकै शौखिन छन् । त्यसैले चलचित्रमा प्रयोग भएका बाइक र कार अभिनेता आफ्नो घर लिएर जान चहान्छन् ।  उनले ती बाइक र कारलाई पर्सनल कलेक्शनको रुपमा राख्न चाहेको बताएका छन् ।

उनले चलचित्रका लागि ७ देखि ८ किलोसम्मको तौल घटाएका छन् । सोहो चलचित्रका लागि उनले आफ्नो तौल घटाउनका लागि विशेष किसिमको योजना बनाएका थिए । यो चलचित्रका लागि ८७ देखि ८८ किलो तौल आवश्यक थियो । उनले साहोको शुटिङ भइसकेपछि पनि तौल घटाउनका लागि आफू काम गरिरहेको बताएका थिए ।

चलचित्र साहो भारतको पहिलो मल्टी ल्यांग्वेज चलचित्र हो । यो चलचित्र हिन्दी, तेलुगु र तमिल भाषमा एकसाथ शुटिङ गरिएको छ । यो चलचित्रमा प्रभास र श्रद्धा कपूरका साथै नील नितिन मुकेश, ज्याकी श्राफ, मन्दिरा बेदी, महेश मांजरेकर र चंकी पाण्डे पनि रहनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ