arrow

राधा र डिलबहादुरलाई ‘बिम्ब’ साप्ताहिकको सम्मान

डोटीको एक मात्र नियमित पत्रिका ‘बिम्ब’काे १३औं वर्ष गाँठ

logo
कर्ण चन्द,
प्रकाशित २०७२ चैत १ सोमबार
paper-bimaba.jpg.jpeg
डोटी । डोटी जिल्लाबाट नियमित प्रकाशन हुने बिम्ब नेपाली साप्ताहिकले १३औँ स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा “डोटी जिल्लाको पत्रकारिता शुद्धिकरणका लागि हाम्रो भूमिका” विषयक अन्र्तक्रिया कार्यक्रम भएको छ ।  
 
डोटीका प्रमुख जिल्ला अधिकारी केशव प्रशाद आर्चायले बिम्बको नियमित प्रकाशनले पत्रकारिताको विकासका लागि केही गर्ने जाँगर आएको बताए । आचार्यले पत्रकारिताको जिकासका लागि आफुले सक्दो सहयोग समेत गर्ने प्रतिवद्धता जनाए । प्रजिअ आर्चायले डोटी जिल्लामा पत्रकारीताको लामो इतिहास भए पनि अपेक्षाकृत विकास हुन नसकेको धारणा राखे ।  
 
पत्रकार महासंघ डोटीका अध्यक्ष मिन बम र पत्रकार महासंघ डोटीका संस्थापक अध्यक्ष शंकर थापाले “डोटी जिल्लाको पत्रकारिता शुद्धिकरणका लागि हाम्रो भूमिका” विषयक कार्यपत्र प्रस्तुत गरे । बिम्ब नेपाली साप्ताहिकका सम्पादक रामहरी ओझाले डोटी जिल्लामा समेत पत्रकारिता भित्र शुद्धिकरण ल्याउन जरुरी रहेको आवश्यकता औंल्याए । 
  
बिम्ब साप्ताहिकले जिल्लामा सुशासनको पक्ष तथा भ्रष्टाचारविरुद्धको खबरदारीका लागि शसक्त रुपमा कलम चलाएको भन्दै कार्यक्रममा सहभागीले प्रशंसा गरे । पत्रिकाको स्थापना दिवसको अवसरमा गएको वर्ष जिल्लाबाट सामुदायिक विद्यालयबाट प्रवेशीका परिक्षामा सर्वोउत्कृठ अंक ल्याउने शारदा उच्च माध्याकिम विद्यालय मौवाकी छात्रा राधा ओझा र उत्कृष्ठ सेवा प्रवाह गरेको भन्दै आँखा उपचार केन्द्र सिलगढीका डिलबहादुर भण्डारी सम्मानित भए । ।
 
पत्रिकाले १०औँ वार्षिकोत्सवबाट सामाजिक क्षेत्रमा विशिष्ठ योगदान गर्ने एक जना र सामुदायिक विद्यालयबाट एसएलसीमा सहभागि छात्रा मध्येबाट सर्वोउत्कृष्ठ नतिजा ल्याउनेलाई सम्मान गर्दै आएको छ । २०६० साल फागुन २९ गतेबाट प्रकाशन थालेको पत्रिका डोटीबाट निरन्तर प्रकाशन हुँदै आएको छ । गएको वर्ष भन्दा अघि सम्म डोटी जिल्लाबाट दैनिक पत्रिका प्रकाशन हुन नसकेकामा पछिल्लो समय दुई वटा दैनिक पत्रिका संचालनमा आएका छन् । यद्यपि, साप्ताहिक पत्रिका मध्ये बिम्ब नियमित पकाशन हुने एक मात्र र प्रेस कान्सिलको वर्गिकरणमा ‘ख’ वर्गमा परेको पत्रिका हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ