arrow

ओपोको पहिलो ५ जी स्मार्टफोनले पायो मान्यता

logo
प्रकाशित २०७५ चैत ७ बिहिबार
OPPO_5G_x_CE_certificate.jpg

काठमाडौं । ओपोको पहिलो फाइभजी स्मार्टफोन, स्पोर्टन ईन्टरनेसनल ईंकद्वारा आयोजित फाइभजी सीई परिक्षणमा सफलतापूर्वक उत्तिर्ण भएको कम्पनीले घोषणा गरेको छ । यस संगै कम्पनीको पहिलो फाइभजी स्मार्टफोनलाई सीटीसी एडभान्स्ड जीएमबीएचद्वारा फाइभजी सीई सर्टिफिकेट प्रदान गरिएको छ । स्पोर्टन ईन्टरनेसनल ईंक एक वैश्विक निरिक्षण सेवा प्राधिकरण हो ।

एमडब्ल्यूसी २०१९मा प्रदर्शित ओपोको फाइभजी स्मार्टफोन, सीटीसीद्वारा स्विकृत पहिलो मल्टि फ्रिक्वेन्सी, मल्टि मोड र मल्टि ईएन–डीसी कम्बिनेसन फाइभजी स्मार्टफोन पनि हो । यस फोनले विभिन्न देश तथा क्षेत्रमा लागु गर्न सकिने अधिक ब्याण्ड कम्बिनेशन र बृहत्त बयाण्डविथ जस्ता एन७८ ब्याण्डका फाइदाहरु पनि प्रदान गर्छ ।

यो प्रमाणिकरणलाई यूरोपमा फाइभजी स्मार्टफोनको ब्यवसायिक लञ्चका लागि एक महत्वपूर्ण कदमका रुपमा हेरिएको छ । ओपोको सीई प्रमाणिकरणले ओपोका फाइभजी उपकरण यूरोपियन बजार प्रवेशका लागि आवश्यक वायरलेस, ईलेक्ट्रोम्याग्नेटिक अनुकुलता, स्वास्थ्य र सुरक्षा लगायत आवश्यक ईयू मापदण्डमा सफल रहेको प्रमाण दिएको छ ।

‘यो प्रमाणिकरण फाइभजी विकासमा ओपोका लागिएक महत्वपूर्ण कोशेढुङ हो । निरन्तर प्राविधिक नवप्रबर्तनका साथ हामी उत्साहपूर्वक फाइभजी स्मार्टफोनको ब्यवसायिकरणका लागि बृहत्तरुपमा तयारी गरिरहेका छौँ ।’ ओपोका ग्लोबल भाइस प्रेसिडेण्ट तथा हेड अफ विजनेस ओभरसिज मार्केट, एलेन वुले भने ,‘ उपभोक्तालाई फाइभजी संग थप नजिक ल्याउनका लागि स्पोर्टन जस्ता बलिया साझेदारहरु संग लगातार सहकार्यका लागि हामी सदैव उत्साहित छौँ ।’

‘कडा परिक्षणहरुमा ओपोको फाइभजी स्मार्टफोनको अद्वितिय प्रदर्शनी देखि हामी निकै खुशी छौँ । परिक्षणको नतिजा ओपोको प्राविधिक क्षमताको सटिक प्रमाण हो । साथै प्रयोगकर्ता तथा उद्योगकै लागि पनि खुशीको खबर हो ।’, स्पोर्टन ईन्टरनेशनल ईंकका चिफ अफ अपरेसन एण्ड ईञ्जिनियरिङ ईभानशीले भने, ‘तार रहित सञ्चारमा हाम्रो समृद्ध अनुभव मार्फत स्पोर्टनले आपोसंग फाइभजी कनेक्टिभिटीको उत्थानका लागि सहकार्यलाई निरन्तर्ता दिनेछ ।’

फाइभजी प्रविधिको एक अधिवक्ता तथा अग्रगामीका रुपमा ओपोले कनेक्टिभिटीको आउने पुस्तालाई मानक अनुसन्धान, सफ्टवेयर तथा हार्डवेयर विकास, गहिरो उपभोक्ता अन्तरदृष्टि र औद्योगिक साझेदारहरुको बलियो परिस्थितिकीतंत्र मार्फत नयाँ आयाम दिइरहेको छ ।

कम्पनीले आफ्ना केही अपरेटर पार्टनर्सका साथमा वैश्विक रुपमा फाइभजी उत्पादन तथा सेवाको ब्यवसायिकरणका लागि  भरखरै आफ्नो ‘फाइभजी ल्याण्डिङ प्रोजेक्ट’ सार्वजनिक गरेको छ । सन् २०१९को पहिलो ६ महिनाभित्रै आफ्नो पहिलो फाइभजी स्मार्टफोन बजारमा ल्याउने ओपोको योजना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ