arrow

पूर्वप्रेमी रणवीरसँग दीपिकाको यस्तो सदभाव

logo
प्रकाशित २०७५ चैत ७ बिहिबार
ranbir-kapoor-kiss-deepika-padukone.jpg

काठमाडौं । बलिउड स्टार दीपिका पादुकोण र रणवीर कपूर हालसालै एक विज्ञापनको सुटिङमा पुगेका थिए । रणवीर सिंहसँग विवाहपछि पहिलोपटक यी पुर्व प्रमि प्रमिकासँगै देखिएका हुन् ।

रणबीर कपूर र दीपिका पादुकोण लामो समयसम्म उनीहरु प्रेम सम्बन्धमा थिए । यसैबीच अहिले उनीहरुले एक तस्वीर सार्वजनिक भएको छ । यसमा उनीहरु एकअर्काको निकै नजिक देखिएका छन् ।

उनीहरु एक इभेन्टका लागि सँगै पुगेका थिए । शोको क्रममम दीपिकाले आफ्ना पति रणवीर सिंहको गीत ‘आँख मारे’ मा पनि नाचेकी थिइन् । उनीहरुले व्यवहारले रणवीर कपूरसँग दीपिकाको प्रेम सम्बन्ध नभए पनि उनीहरु एकअर्काका असल साथी रहेको देखिएको छ ।

केही समयअघि मात्र रणवीर सिंहलाई यो जोडीले सँगै काम गर्ने विषयमा प्रश्न गरिएको थियो । उनलाई यो जोडीले सँगै काम गर्दा असुरक्षित महशुस हुन्छ कि हुँदैन भनेर प्रश्न गरिएको थियो । उनले आफूलाई कुनै असुरक्षित महशुस नहुने प्रतिक्रिया दिएका थिए । दीपिकाले जोसँग मिलेर काम गरे पनि आफूलाई कुनै समस्या नहुने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ