arrow

‘भारत’ की बेहुलीलाई सलमानको यस्तो उपहार

logo
प्रकाशित २०७५ चैत ७ बिहिबार
salman-katrina2.jpg

काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ चाडै स्टार सलमान खानसँग चलचित्र ‘भारत’ मा देखिदै छिन् । दुवैको मित्रता निकै गहिरो रहेको छ । कुनै समय दुवैविच अफेयरको समाचार पनि बाहिरिएको थियो । तर रणबीरसँग कट्रिनाको अफेयरपछि सलमान र कट्रिना बीच दुरी बढेको थियो ।

सलमानले कट्रिनालाई एक ब्राण्डेड कार गिफ्ट दिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सलमान खानले हालै चार महंगा कारा किनेका थिए ।  सलमानले लग्जरी रेन्ज रोवर किनेका हुन् ।  त्यस मध्ये एक कार उनले कट्रिनालाई गिफ्ट दिएका छन् । उनले गिफ्ट दिएको रेन्ज रोवरको मुल्य २ करोड ७२ लाख रहेको बताइएको छ ।  कार पाएसँगै कट्रिनाले सो कारको तस्विरलाई पुरानो कारसँग तुलना गर्दै सामजिक सञ्जालमा शेयर गरेकी थिइन् ।

 भरत फिल्म शुटिङ हुनुभन्दा पहिला नै भाइरल भएको फोटोमा सलमान र कट्रिना विवाहको पहिरनमा देखिएका थिए ।  चलचित्रमा कट्रिना कैफ मुख्य नायिका रहनेछिन् । चलचित्र सुटिङ हुनुभन्दा पहिला चलचित्रको टीजर सार्वजनीक भएको थियो ।

चलचित्रको निर्देशन अली अब्बास जफरले गरेका छन् । चलचित्रका निर्माता अतुल अग्निहोत्री हुन् । भारतमा सलमान खान र कट्रिनाका साथै ज्याकी श्राफ, सुनील ग्रोवर र दिशा पाटनी पनि देखिनेछन् । यो चलचित्र २०१९ को इदको अवसरमा सार्वजनिक गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ