arrow

पाकिस्तानका केहि कानुन : अचम्म नलागुन्

logo
प्रकाशित २०७५ चैत ७ बिहिबार
Pakistan-Flag.jpeg

काठमाडौं । विश्वका सबै मुलुकहरुको आफ्नै किसिमको कानुन हुन्छ । मुलुकको नीति तथा अवस्थालाई मिल्दो गरी ल्याइएका नियमहरु अर्को मुलुकहरुमा नमिल्नु स्वाभाविक हो । तर पाकिस्तानका केही कानुनहरु यस्ता छन्, जुन सुन्दा पनि जो कोहीलाई अचम्म लाग्नसक्छ ।

१. कसैको फोन छोएमा कारबाही
पाकिस्तानमा कसैले अनुमति विना कसैको फोन चलाउनु अवैध हुन्छ । कसैले यस्तो काम गरेको खण्डमा छ महिनासम्मको जेल सजाय हुनसक्ने व्यवस्था रहेको छ ।

२. पढाइमा पनि कर
पाकिस्तानमा कुनै पनि विद्यार्थीको पढाइ खर्च २ लाखभन्दा बढी हुन्छ भने उसले ५ प्रतिशत कर बुझाउनुपर्ने हुन्छ ।

३. इजरायल जान प्रतिबन्ध
पाकिस्तानका कुनै पनि नागरिकले प्रत्यक्षरुपमा इजरायलको भ्रमण गर्न पाउँदैनन् । पाकिस्तान इजरायललाई विश्वको देश मान्दैन, जसको कारण त्यहाँ जानको लागि पाकिस्तानले भिसा प्रदान गर्दैन । त्यसका लागि पाकिस्तानी नागरिकहरुले दोस्रो मुलुक हुँदै इजरायल जानुपर्ने अवस्था रहेको छ ।

४. प्रधानमन्त्रीको ठट्टा गर्न नपाइने
पाकिस्तानमा प्रधानमन्त्रीको ठट्टा गर्दै गरेको समयमा पक्राउ परेमा उसले नियमअनुसार जरिवानाको सामना गनुपर्ने हुन्छ ।

५. प्रेमिकासँग बस्न नपाइने
पाकिस्तानी कानुन अनुसार विवाहपूर्व कुनै पनि केटाकेटी सँगै बस्न पाइँदैन । यसरी सँगै बस्नु अवैध हो ।

६. वर्षको एक महिना घरबाहिर खाना खान मनाही
पाकिस्तानमा रमाजानको समयमा घरबाहिर खाना खानु पनि अवैध मानिन्छ । गैर मुस्लिमलाई पनि यो नियम मान्नु जरुरी छ ।

७. अनपढलाई पनि प्रधानमन्त्री बन्ने अधिकार
पाकिस्तानमा अनपढ मानिसलाई पनि प्रधानमन्त्री बन्ने अधिकार रहेको छ तर विद्यालयमा कुनै कार्यालय सहयोगी राख्नुपर्‍यो भने शिक्षित व्यक्ति आवश्यक हुन्छ ।

८. केही शब्दको अंग्रेजी अनुवाद अवैध
पाकिस्तानमा अल्लाह, मस्जिद, रसुल वा नबीजस्ता अरबी शब्दहरुको अंग्रेजी अनुवाद अवैध मानिने गरिन्छ ।

९. तेस्रो लिङ्गीलाई सेनामा प्रवेश रोक
पाकिस्तानमा तेस्रो लिङ्गीलाई सेनामा प्रवेशमा रोक लगाइएको छ । पाकिस्तानमा तेस्रो लिङ्गीको संख्या उल्लेख्य रहेको छ ।

१०. स्पाम म्यासेजमा रोक
पाकिस्तानमा कसैलाई पनि आनावश्यक (स्पाम) म्यासेज पठाउन पाइँदैन । यदि यस्तो काम गरेको पाइएमा १० लाखसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ