arrow

अक्षय कुमारको चलचित्र ‘केसरी’ रिलिज भएकै दिन इन्टरनेटमा लिक

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
Kesari-Poster-2.jpg

काठमाडौं । होलीको दिन बिहिबार अक्षय कुमारको चलचित्र‘केसरी’ रिलीज भएको छ ।  चलचित्रले बक्स अफिसमा पनि निकै राम्रो कमाइ गरिरहेको छ । तर चलचित्र रिलीज भएको केहि घण्टा भित्रै इन्टरनेटमा लीक भएको छ ।

चलचित्र तमिल रकर्स वेबसाइटमा लिक भएको छ । तमिल रकर्स एक पाइरेसी वेबसाइट हो जुन अनलाइन पाइरेटेड कपी लीक गर्छ । सो वेबसाइटको माध्यमबाट अहिलेसम्म बलिउडका कयौ चलचित्र अनलाइन लिक भएका छन् । अब सो सुचिमा ‘केसरी’ पनि समावेश भएको छ । चलचित्र लिक भएसँगै निर्मातालाई नोक्सान पर्ने देखिएको छ ।

चलचित्रमा परिणिती चोपडा, अक्षयको अपोजिट रोलमा छिन् । यो एक पिरियड ड्रामा फिल्म हो । फिल्मलाई अनुराग सिंहले निर्देशन गरेका हुन् ।  यसको कहानी गिरीश कोहली र अनुराग सिंहले मिलेर लेखेका हुन् । करण जोहरसहित धेरै निर्माताको फिल्ममा लगानी छ । फिल्मको कहानी १९८७ मा सारागढीको लडाइँमा आधारित छ । ‘केसरी’ ले बक्सअफिसमा राम्रो कमाई गर्ने फिल्मपण्डितहरुको आँकलन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ