arrow

प्लान नेपालद्वारा भुकम्प पिडितलाई कम गुणस्तरको जस्ता वितरण पछि दोलखामा बिवाद

logo
श्याम खतिवडा,
प्रकाशित २०७२ चैत १ सोमबार

 दोलखा । दोलखामा भुकम्प पिडितलाई जस्ता वितरण गरिरहेको प्लान नेपाल नामक आईएनजिओले  कम गुणस्तरको जस्ता वितरण गरेपछि गाउँमा विवादित बनेको छ । ।

अन्तराष्ट्रिय गैरसरकारी संस्था प्लान नेपालले बोच गाउँ विकास समितिमा कम गुणस्तरको जस्ता पाता वितरण गरिए पछि विवाद भएको हो । स्थानीयले तोकिए भन्दा कम गुणस्तरको कमशल जस्तापात  वितरण गर्ने संस्था र संस्थाको वितरक कम्पनीलाई कार्बाहीको माग गर्दै दाताको कार्यालयमा निबेदन दर्ता गराएका छन ।  टेन्डरप्रक्रियामा छनौट भएको अङकुर टेडर्स एण्ड सप्लायर्सले प्लान नेपाल सँग ७४ किलोग्रामको जस्तापाता उपलब्ध गराउने सम्झौता गरे पनि स्थानीयलाई भने ६४ किलोग्रामको जस्तापाता उपलब्ध गराए पछी बिवादित बनेको छ । जस्तापाता बुझ्न सनिबार गाँउ गाँउबाट गाबिसमा जम्मा भएका स्थानीयले विगतमा वितरण गरेको जस्तो गुणस्तरीय नभएको गुनासो पोखेका छन् ।

जस्ता  उचाल्दा पनि अली हलुका रहेछ स्थानीय सुन्दर कार्कीले भने । उनका अनुसार यस अघि समेत दिईएको जस्ता यो भन्दा बढी गहकिलो थियो । गाउँको सर्वदलीय संयन्त्र र गाविसले पहिचान गरेका २ सय ९९ धुरीका लागि शनिबार दिउसो प्रति परिवार ९ फुटे जस्ता २ बण्डलका दरले वितरण गरिएको  थियो । दोलखाका ११ गाविसका ५ हजार पिडीतका लागि  अस्थायी आवास निर्माण परियोजना अन्तर्गत पहिलो चरणमा २७ सय १६ परिवारका लागी ५ हजार ४ सय ३२ बण्डल जस्ताको टेण्डर गरेको प्लानले  अङकु सप्लायर्ससगँ माग गरिएको टेण्डरमा भुकम्प पिडितहरुलाई वितरण गर्नका लागि ०.४७५ एम एम (मोटाई) को जस्ता उपलब्ध गराउनुपर्ने उल्लेख छ । यस्तै हरेक बण्डल जम्मा ७४ केजी हुनुपर्ने सम्झौतामा उल्लेख छ ।

प्लान नेपालका जिल्ला प्रतिनिधी प्रमिल अधिकारीले गाउँमा जस्ता बाडेपछि स्थानीय बासिन्दाबाट लिखित उजुरी आएको स्विकार गरेका छन । सर्वदलीय निर्णय गरेर स्थानीयले गुणस्तरीय सामान दिन माग गरेका छन यस बारे बिस्तृत अध्ययन गर्दैछौँ । उनले सप्लायर्स सगँ भएको सम्झौता अनुसार सामान वितरण भएको नभएकोबारे छानबिन भईरहेको  र तौल मापनको काम समेत भैरहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ