- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बागलुङ । गण्डकी प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतले तीन सरकारका बीच प्रदेश सरकार समन्वय गरेर अगाडी बढिरहेको बताएका छन् । बुधवार बागलुङको गलकोट नगरपालिका ७ मल्ममा रहेको घुम्टे युवा परिवारको ३४ औं वार्षिकोत्सव तथा परम्परागत होली मेलाको समापन गदै मन्त्री बस्नेत यस्तो बताए हुन ।
साथै मन्त्री बस्नेतले एउटा शासन व्यवस्थाको अन्त्यपछि आएको संघीयताबाटै तीन तहको व्यवस्था भएकोले संघीयताले ल्याएको नँया चिज नै प्रदेश सरकार भएको बताए । मन्त्री बस्नेतले तीन तहका बीचमा प्रदेश सरकारले निति तथा कार्यक्रमहरु ल्याएको बताउदै देशमा तीन तहका सरकार रहेकोले देश विकासमा सबै सरकारहरु अगाडी बढेको बताए ।
उनले गाँउको विकास गर्न संघीयता आएको बताउदै यस क्षेत्रका महत्वपूर्ण सडकहरुको स्तर उन्नतिका निम्ति प्रदेश सरकारले सहयोग गर्ने बताउदै कला र संस्कृतिलाई जोगाउनु पर्नेमा जोड दिए ।
सोही अवसरमा प्रदेश सांसद चन्द्र बुढा सागरले यँहाका कला संस्कृतिको जर्गेना गदै घुम्टे लगायतका गलकोट क्षेत्रमा प्रचुर संम्भावना बोकेका पर्यटन क्षेत्रको विकासका लागि आफू लागि परेको बताए ।
होली पर्वका अवसरमा गत चैत ३ गतेदेखि शुरु गरिएको खुल्ला भलिवल खेल तर्फ हिजो अर्थात बुधवार सम्पन्न भएको भलिवल खेलमा सिद्ध भैरवस्थान इलेक्टोनिक्स शर्प गनपा ५ हरिचौर बाग्लुङ्गले नगद ५० हजार कप मेडल र सम्मान पत्र प्रथम पुरस्कार हात पारेको छ भने यस्तै घुम्टे युवा परिवार आयोजक समूह (ए) गलकोट नगरपालिका ७ मल्ल बाग्लुङ्गले नगद रु.३० हजार,कप मेडल र प्रमाण पत्र सहित द्धितीय पुरस्कार हात पारेको छ ।