arrow

ओलीको चीन भ्रमणका मूल एजेण्डा ?

पारवहन, इन्धन र स्वतन्त्र व्यापार

logo
प्रकाशित २०७२ चैत १ सोमबार
kp-oli-final-final9.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी ओली आफ्नो आसन्न चीन भ्रमणको तयारीमा जुटेका छन् । ओलीले सोमबार मात्रै चीन भ्रमण र एजेण्डाबारे राष्ट्रपति विद्यादेवी भण्डारीसंग परामर्श गरे । आइतबार आफ्नै निवासमा पूर्व प्रधानमन्त्रीहरुसंग प्रधानमन्त्रीले परामर्श गरेका थिए । 
 
यस्तै, ओलीले भ्रमणका क्रममा उठाउने एजेण्डा र हस्ताक्षर गर्ने सम्झौताबारे समेत विभिन्न चर्चा भएका छन् । यद्यपि, चर्चा भए जस्तो एजेण्डाहरु छलफलकै क्रममा रहेकाले अझै यकिन हुन बाँकी छ । 
 
यही चैत्र ७ गतेबाट हुने तय भएको भ्रमण क्रममा मूख्य गरेर पारवहन, इन्धन र स्वतन्त्र व्यापार सम्झौता हुने बताइएको छ । अन्य विषयहरु छलफलकै क्रममा छन्, प्रधानमन्त्री ओलीका परराष्ट्र विज्ञ गोपाल खनालले भने, ‘भारतले चाँसो राख्ने खालको कुनै पनि विषयहरु भ्रमणमा रहने छैनन्, नेपाल र चीनबीचको आपसी हित एवं साझेदारीकै वियष छन्, भ्रमण टोलीको टुंगो लागेको छैन ।’ भारतले चाँसो राख्नु पर्ने कुनै एजेण्डा छैनन् । 
 
परराष्ट्र मन्त्रालय प्रवक्ताको कार्यालयका प्रवक्ता तारा प्रसाद पोखरेलले प्रधानमन्त्री ओलीको भ्रमण तयारी भइरको बताए । यही खास विषय भन्ने हुँदैन, पोखरेलले भने, ‘उच्चस्तरीय भ्रमणका क्रममा हुने राजनीतिक, आर्थिक, व्यापारिक, पारवहन र मल्टि नेशनल विषयहरु नै हुन्, सवै विषयमा छलफल हुन्छ, आवश्यक एजेण्डामा सम्झौता हुन्छ ।’ जुन विषय छलफलबाट यकिन गरी पठाइएको हुन्छ, ती विषयले प्राथमिकता पाउने हो । पोखरेलले भ्रमण टोलीको भने टुंगा लाग्न बाँकी रहेको बताए । भ्रमण टोलीको टुंगो लाग्न बाँकी रहेपनि विभिन्न व्यापारिक सम्झौता हुने भएका कारण भ्रमण टोली भारत गएकै जस्तो जम्बो बन्न सक्ने आँकलन गरिएको छ ।
 
भ्रमण टोली व्यापारिक निकायका व्यक्तिहरु समेत सहभागि हुने छन् । मन्त्रीमण्डलबाट भने, प्रधानमन्त्रीसंग जाने सदस्यको लगभग पक्का पक्की भएको  छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्य मन्त्री दीपक बोहरा र आपुर्तिमन्त्र गणेशमान पुन प्रधानमन्त्रीको भ्रमण टोलीमा अटाउने छन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ