arrow

पाँच क्यामेरा भएको पहिलो स्मार्टफोन, एन्ड्रोइड पाईमा चल्ने

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
nokia1.jpg

काठमाडौं । गत महिना बार्सिलोनामा आयोजित मोबाइल वल्र्ड कांग्रेसमा एचएमडी ग्लोबलले नोकिया ९ प्योरभ्यु सार्वजनिक गरेको थियो । यो स्मार्टफोन पाँचओटा लेन्स क्यामेरा भएको पहिलो स्मार्टफोन हो ।

 यसमा १ सय २८ जीबीको इन्टर्नल स्टोरेज रहेको छ कम्पनीले यो स्मार्टफोन छिटै नै भारतमा सार्वजनिक गर्ने तयारी गरेको छ । यससँगै अबको केही समयमा यो स्मार्टफोन नेपालमा पनि आउने अपेक्षा छ ।

अहिलेसम्म भारतमा यसको मूल्य कति रहने भन्ने कुराको जानकारी दिइएको छैन । तर, यसलाई ५० हजार भारुसम्म पर्नसक्ने बताइएको छ । यो स्मार्टफोनको सबैभन्दा महत्वपूर्ण फिचर्स भनेको यसमा रहेको पाँचओटा लेन्स भएको क्यामेरा हो ।

 कम्पनीले फोटोग्राफीको नयाँ अनुभवका लागि यो स्मार्टफोन अघि सारेको हो । यसका लागि उसले क्वालकोम र गुगलसँग पनि सहकार्य गरेको थियो । यसमा सेल्फीका लागि २० मेगापिक्सलको क्यामेरा छ ।

यो स्मार्टफोनमा ६ जीबी र्‍यामको प्रयोग गरिएको छ । रेयर क्यामेराको लागि भने तीनओटा १२ मेगापिक्सलको मोनोक्रोम सेन्सर र दुईओटा आरजीबी सेन्सरको प्रयोग गरिएको छ । यो स्मार्टफोनमा फोरजी एलटीई पनि सपोर्ट गर्छ । यसमा ३३२० एमएएचको ब्याट्रि प्रयोग गरिएको छ । साथै यसले वायरलेस चार्जिङ पनि सपोर्ट गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ