arrow

जब हिटलरका प्रशंसक ठाकरेको शरणमा पुगे सञ्जय दत्त

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
baal-thakray-sanjay.jpg

काठमाडौं । भारतीय धार्मिक- राजनीतिक संगठन शिव सेनाका प्रमुख बाल ठाकरेले बलिउड स्टार सञ्जय दत्तलाई पनि ठूलो सहयोग गरेका थिए । सञ्जय दत्त टाडा जेलमा रहेको अवस्थामा सबैले आफ्नो हात झिकेका थिए । सुनील दत्तका सम्धी राजेन्द्र कुमारले बालाजी साहेब ठाकरेलाई भेट्न सुझाएका थिए । उनको सुझावअनुसार ठाकरेसँग सुनील दत्तले भेटेका थिए । भेटपछि उनले सञ्जय दत्तलाई बचाउने आश्वासन दिएका थिए ।
 
सञ्जय दत्तकी बहिनी नम्रता दत्तको विवाह राजेन्द्र कुमारका छोरा कुमार गौरवसँग भएको थियो । सन् १९९३ मा अवैध हतियार राखेको आरोपमा सञ्जय दत्त जेल परेका थिए । सुनील दत्त पनि त्यो समयमा कांग्रेसका नेता थिए तर उनले आफ्ना छोराको लागि केही गर्न सकेका थिएनन् । त्यतिबेला सञ्जय दत्तलाई ठाकरेले सहयोग गरेका थिए ।
 
आफ्नो जीवनकालमा ठाकरेले आफ्नो क्षमताबाट सबैलाई प्रभावित बनाएका थिए । भारतीय समाचारपत्र फ्रि प्रेस जर्नलमा कार्टुनिष्टका रुपमा आफ्नो करिअर शुरु गरेका ठाकरेले सन् १९६६ मा हिंदुवादी संगठन शिव सेनाको स्थापना गरेका थिए । कट्टर हिंदुवादी ठाकरेले महाराष्ट्रका पक्षमा दिने गरेका बयानहरुले बेलाबेला उनी जातिवादी भएको देखिन्थ्यो । उनले आफूलाई हिटलरको प्रशंसक भन्न रुचाउँथे ।

सञ्जय दत्तले एक पुरानो अन्तर्वार्तामा साहेबको सधैं म्यासेज आउने गरेको बताएका छन् । उनले आफू छँदाछँदै सञ्जय दत्तलाई केही पनि हुन नदिने बताउने गरेका थिए । जेलबाट रिहा भएपछि उनी सिद्धिविनायकको दर्शनपछि ठाकरेलाई भेट्न पुगेका थिए । सञ्जय दत्तकी आमा नरगिस दत्त ठाकरेलाई आफ्नो दाजु मान्थिन् । उनी कुनै समस्या परेको खण्डमा मेरो दाजु बाला साहेब ठाकरेकहाँ जानु भन्ने निर्देशन दिन्थिन् । ठाकरेको जीवनसँग सम्बन्धित फिल्ममा नवाजुद्दीनले अभिनय गरेका छन् ।

महाराष्ट्रको राजनीति र समाजलाई पर्दापछाडी रहेर प्रभावित पारिरहने ठाकरे उनको पर्दापछाडिको ‘शक्ति’ का कारण सँधै विवादमा तानिइरहे । ८६ वर्षको उमेरमा ठाकरेको निधन भयो ।  उनको मृत्यु हृदयघातका कारण भएको उपचारमा संलग्न चिकित्सकले वताएका थिए । ठाकरेको निधनपश्चात भारतीय राजनेताहरुले शोक वक्तव्य जारी गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ