arrow

हिन्दू धर्ममा किन धेरै भगवानलाई पूजा गरिन्छ ? भगवान र देवतामा के छ फरक ?

logo
प्रकाशित २०७५ चैत ९ शनिबार
cow-god-1.jpg

काठमाडौं। हिन्दू धर्म या सनातन धर्म जो कि आदिकालदेखि चल्दै आएको धर्म हो। यो धर्म मात्रै नभएर एउटा जीवन जिउने पद्धति पनि हो। आखिर यस्तो किन छ कि यस धर्मलाई मान्नेमानिसहरु यति धेरै भगवानहरुलाई मान्छन् र उनीहरुको पूजा गर्दछन् र अन्य धर्ममा त एकमात्र भगवान हुन्छ। हिन्दू धर्ममा कैयौं भगवान किन बनाइयो। यसको कारण के हो ?

सनातन वैदिक संस्कृति
सनातन वैदिक संस्कृति नै एक मात्र संसारको सबैभन्दा प्राचीन संस्कृति हो। जसलाई आज हिन्दू धर्म समेत भन्ने गरिएको छ । हिन्दू संस्कृति एक मात्र सनातन संस्कृति हो जुन रिलिजन होइन यो त एक जीवन जिउने कला मात्रै हो । यसमा हामी जन्मदेखि लिएर मृत्यु र त्यो भन्दा पनि माथि मृत्यु पश्चातको १६ संस्कार इत्यादि सम्म पनि हिन्दू धर्मले नै गर्नुपर्ने कामहरु निर्देशित गरेको छ। 

आजको नयाँ धर्महरु कुनैपनि व्यक्ति बिशेषको नामबाट चलेको पाइन्छ भने ती व्यक्तिहरुको आदि र अन्त समेत छ। तर, सनातन संस्कृति रहिन्दू धर्मको न कुनै सुरुवातको मिति छ। न त अन्तको मिति तय गर्न सकिन्छ। किनकी यो सीधा ब्रह्माको सृष्टि, विष्णुको स्थिति र शिवको संहारद्वारा चलिआएको छ। यसमा यी  भगवान् विष्णुद्वारा चलिआएको समेत भन्ने गरिन्छ। किनकी उनैलाई पुराण पुरुष समेत भन्ने गरिन्छ।

भगवान् श्री हरि
भगवान् श्री हरि नै इस पुरा ब्रह्माण्डका अभिभावक र परम देवता या स्वयं भगवान् हुन्। जो हर युगमा जब पनि धर्मको हानि हुन्छ। त्यतिबेला विभिन्न रुप लिएर धर्म रक्षार्थ धर्तिमा आउने गर्दछन्। भगवानद्वारा ब्रह्मा जी, शिव जी र अन्य सारा देवी देवता प्रकट गरिएको भन्ने कुरा शास्त्रमा उल्लेख छ। ताकि श्रृष्टि गर्न सकियोस्। सबै देवी देवता र यहाँसम्म की सारा चर अचर वास्तु तथा जिवमा एक मात्रै श्री हरिको दिव्य शक्ति र उनैको अंश आत्माबाट बिभूषित हुन्छ। यही कारण हामीहरु सबैलाई भगवानको रूप सम्झिएर भगवान् मान्ने गरेका छौं। 

वास्तविक भगवान को हुन् ?
सनातन धर्मको विभिन्न ग्रन्थहरु, पुराण, श्रीमद् रामायण, गीता, महाभारत र श्रीमद्भागवतबाट पनि यो कुरा पुष्टि हुन्छ कि भगवानको परिभाषा छ र उस परिभाषामा केवल एक र उनको आफ्नो तीन स्वरूप मात्रै स्वयं भगवान हो भन्ने बुझिन्छ। श्री राम, श्री कृष्ण, श्री विष्णु र श्री नरसिंह यी चार स्वयं पूर्ण भगवान हुन्। किनकी यिनीहरुले ६ ऐश्वर्य गुणहरुद्वार युक्त छन्। यी बाहिर हामीले पुज्ने सारा रुप पनि यिनै भगवानको हो। 

त्यसैले केवल, नरसिंह, भगवान् विष्णु, छीरसागर वासी, या उनको अन्य रूप जस्तो गर्भाशयी विष्णु, कमलासन विष्णु। भगवान् श्री राम, श्री कृष्ण यी सारा रूप पूर्ण भगवान हुन्। हामी जब हे राम या हे भगवान भन्छौं भने तिनै मूल भगवानलाई बुझिन्छ। 

एक भगवान को अनेक रूप
त्यसैले सनातन संस्कृतिमा समेत भगवान एक छन् र उनले अनेक रूप लिएका छन् जुन भगवान हुन् भनिएको छ। बाँकी सबै देवी देवता हुन्। जो सृष्टिको कार्यमा सहायक छन्। भगवान अजन्मा अविनाशी र अनन्त छन्। यिनको कहिलैपनि नाश हुँदैन। जबकि सारा देवी देवताको एक दिन अन्त हुन्छ। भगवान् श्री राम( श्री कृष्णको जन्म साधारण मानवको रुपमा होइन विशेष मानिसको रुपमा भएको थियो।

त्यसैले धेरै कम मानिसहरु मात्रै हिन्दू अज्ञानता बस भगवान् श्री राम( कृष्णलाई समेत जन्म र मृत्यु भोग गर्ने पात्रको रुपमा व्याख्या गर्ने गरेकोको बताइएको छ। भगवानको जन्म कहिलै पनि हुँदैन। यो भगवानको दिव्य लीला हो। 

परम पुरुष स्वयं भगवान हुन् 
अतस् यहाँसमेत एकमात्र परम पुरुष स्वयं भगवान हुन्। देवी देवता अनेक छन्। दोस्रो तर्फ हिन्दू धर्म यति धेरै व्यापक र अनन्त छ। कुनै मानिसले करोडौं जन्म लिएपनि यसको अन्तबारे पत्ता लगाउन सक्दैन। यदि कोही श्री राम( श्री कृष्ण या भगवान् विष्णुको भक्ति सच्चा ह्रदयद्वारा गर्दछ। त्यो व्यक्तिले सबै कुरा जान्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ