arrow

पहिलो खेलमा कोहलीको बेंगलोरलाई झट्का

logo
प्रकाशित २०७५ चैत ९ शनिबार
ipl-cricket.jpg

काठमाडौं। ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उद्घाटन खेलमा भारतीय कप्तानको बिराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बेंगलोर चेननई सुपर किङ्ग्ससँग ७ विकेटले पराजित भएको छ। चेन्नई यस अघिको आईपीएलको संस्करणको बिजेता टोली हो।

टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोर १७.१ ओभरमा ७० रनमा अलआउट भएको थियो। स्पिनरलाई मदत गर्ने पिचमा हरभजन सिंह र ईमरान ताहिरले ३-३ विकेट लिएका थिए। त्यसैगरि रविन्द्र जडेजाले २ विकेट हात पारेका थिए।

बेंग्लोरका लागि पार्थिव पटेलले दोहरो अंकको स्कोर बनाएका थिए। उनले २ चौकाको मदतले २९ रन बनाएका थिए। त्यसैगरि मोईन अली र एबी डिविलियर्सले ९-९ रनको योगदान गरेका थिए।

जवाफमा चेन्नईका अम्बती रायडुले २८ र सुरेश रैनाले १९ रन बनाएका थिए। चेन्नईले १७.४ ओभरमा ३ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो। रैना आईपीएलमा ५ हजार रन बानउने पहिलो खेलाडी पनि बनेका छन्।

बेंग्लोरका लगि युभेन्द्र चहल , मोईन अली र मोहम्मद सिराजले १-१ विकेट लिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ