arrow

सांसददेखि नायिकासम्म एसईई परीक्षामा 

logo
प्रकाशित २०७५ चैत १० आइतबार
shanta-chaudhary.jpg

काठमाडौँ । शिक्षा आर्जन गर्न उमेरले छेक्दैन भन्दै आजकल विद्यालयमा गएर पढ्नेहरु बढी उमेरका विद्यार्थी पनि हुँदै आएका छन् । 

आइतबारदेखि मुलुकभर ४ लाख ७५ हजार ३ जना परीक्षार्थीले परीक्षा दिँदै गर्दा त्यसमा चर्चित अनुहारहरु पनि रहेका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक एवं सांसद शान्ता चौधरीले पनि गृहजिल्ला दाङको तुल्सीपुरबाट मा एसईईकी परीक्षा दिँदैछिन् । 

त्यसैगरी नेपाली चलचित्र नगरीकी सिनियर नायिका करिष्मा मानन्धरले परीक्षा दिँदैछिन् । काठमाडौंबाट एसईईको जाँच दिँदैछिन् । 

चौधरी र मानन्धरले कक्षा ८ देखि नियमित पढाइ थालेका थिए । करिष्माकी छोरीले विद्यालयको शिक्षा सकिसकेकी छिन् । 

चौधरीकी छोरी १७ वर्षीया छोरी बिनुले काठमाडौंबाट अहिले पनि यही वर्ष सिर्जना बाल विद्यालय काठमाडौंबाट एसईई दिँदैछिन् ।

पाका उमेरका वृद्धहरुले पनि यसपटक एसईई परीक्षा दिँदै गर्दा यसको यकिन तथ्यांक भने निस्कन सकेको छैन । 

यसले शिक्षा लिन उमेरले भने छेक्दैन भन्ने स्पष्ट पारेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ