arrow

नेपालीका छोरा रोहनसँग छोरी श्रद्धाको विवाहबारे पड्किए बावु शक्ति

logo
प्रकाशित २०७५ चैत १० आइतबार
shakti.jpg

काठमाडौं । बलिउड अभिनेत्री श्रद्धा कपूर पछिल्लो समय चलचित्र सुटिङमा व्यस्त छिन् । उनि चलचित्र 'स्ट्रीट डान्सर', 'साहो' र 'छिछोरे' को सुटिङमा रहेकी छन् । यसैबिच श्रद्धा प्रोफेशनल लाइफका साथै पर्सनल लाइफमा पनि चर्चामा रहेकी छन् ।

उनको नाम बलिउडका सेलिब्रेटी फेटोग्राफर रोहन श्रेष्ठसँग जोडिएको छ ।  श्रद्धाले केहि समय अघि रोहनसँग सम्बन्धको समाचारलाई नकारेकी थिइन् । तर खबरहरुका अनुसार अभिनेत्री श्रद्धा कपूरले बलिउडका सेलिब्रेटी फोटोग्राफर रोहन श्रेष्ठका साथ विवाह गर्न सक्ने बताइएको थियो । रोहन श्रेष्ठ नेपाली मूलका हुन् ।

श्रद्धाको विवाहको बिषयमा अहिले बुवा शक्ति कपूरले मुख खेलेका छन् । एक वेबसाइटसँग कुराकानी गर्दै शक्ति कपूरले भने, ' यी सबै वाइयात कुराहरु हुन् । यी बिषयमा कुनै सत्यता छैन । आगामी चार-पांच बर्षसम्म श्रद्धाको विवाह गर्ने कुनै निर्णय भएको छैन । उनिसँग कयौ चलचित्रहरु पेन्डिङमा रहेका छन् । उनि यसै माथि आफ्नो फोकस गरिरहेकी छन् ।'

शक्तिले थपे,' श्रद्धाले जीवनका सबै कुराहरु बताउने गर्छिन् र उनि कुनै कुरा पनि लुकाउदिनन् । त्यसैले उनको विवाहको निर्णय पनि मेरो अनुमति बिना गर्ने छैनन् ।'  

रोहन बलिउडकै चर्चित फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । रोहनका पिता नेपाली हुन् । रोहनको जन्म भारतको मुम्बईमै भएको थियो । वर्षौंदेखिको चिनजान भए पनि श्रद्धा र रोहनले करिब १ वर्ष देखि एकअर्कालाई डेट गरिरहेका बताइन्छ । श्रद्धा कपूर तीनै रोहन श्रेष्ठका साथ विवाह बन्धनमा जोडिन खोजिरहेकी समाचार बाहिरिएको थियो ।

श्रद्धा फरहान अख्तरसँग डेट गरिसकेकी छन् । शक्ति कपूर सो सम्बन्धलाई लिएर निकै रिसाएका थिए । परिवारका दबाबका कारण  श्रद्धाले  अख्तरसँगको सम्बन्ध तोड्नु परेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ