arrow

ठीक ३ महिनापछि संसदको अधिवेशन अन्त्य हुँदै

logo
प्रकाशित २०७५ चैत १० आइतबार
Parliament_building.png

काठमाडौं । ठीक ३ महिनापछि प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य हुँदैछ । संसद सचिवायले दिएको जानकारी अनुसार दिउँसो १ बजे बस्ने सभाको बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिबाट पठाईएको संसदको अधिवेशन अन्त्य भएको पत्र पढेर सुनाउने भएका छन् । 

यो हिउँदे अधिवेशन गत पुष ११ गतेदेखि सुरु भएको थियो । नेपालको नयाँ संविधान अनुसार बनाउनु पर्ने र संविधानको प्रावधान अनुसार संशोधन गर्नुपर्ने सबै ऐनहरु संशोधन गरिसकेपछि संसद्को अधिवेशन अन्त्य हुन लागेको हो ।

संसदको यो अधिवेशनले खासगरि संविधान अनुकुल बनाउनुपर्ने कानुनहरु अनुमोदन हुनुका साथै लगानी सम्मेलनलाई लक्षित गर्दै वैदेशिक लगानी सम्बन्धी कानुनहरु संशोधन सम्बन्धी विधेयक पारित गरेको छ । आईतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संसदमा सम्बोधन गर्दैछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ