arrow

हिले पुगेका मुख्यमन्त्रीलाई प्रदेश राजधानी धनकुटामै बनाउन माग

logo
प्रकाशित २०७५ चैत १० आइतबार
sherdhan.JPG

धनकुटा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईसंग आइतबार प्रतिनिधि सभामा निर्वाचित सांसद तथा नेकपाका नेता राजेन्द्र राईसहितको टोलीले धनकुटाको हिलेमा भेटघाट तथा छलफल गरेका छ । सो छलफलमा सहभागीहरुले धनकुटामा तत्काल यातायत कार्यालय राख्न, धनकुटा अस्पताललाई स्तर उन्नती गरी ५० शैयाको बनाउने  र १ नम्वर प्रदेशको राजधानी धनकुटामा बनाउन पहल गरी दिन समेत माग गरेका छन ।

धनकुटा जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद तथा नेकपाका नेता राजेन्द्र राई, धनकुटाका प्रदेश नम्वर १ का सांसदहरु निरन राई, इन्द्रमणी पराजुली, कुसुम कुमारी श्रेष्ठ, धनकुटा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान,धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग, सहिदभूमी गाउपालिका प्रमुख मनोज राई, छथरजोरपाटी गाँउपालिका प्रमुख शेर वहादुर लिम्बु, धनकुटा नगरपालिका वडा नं. १ का वडाध्यक्ष निरेन तामाङ्ग, नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे,उपाध्यक्ष तारा तुतिङ्ग, नागरिक समाजका धनकुटाका अध्यक्ष दोर्ण गुरागाई, सावित्रा वान्तवा राई, जिल्ला खेकुद विकास समितिका अध्यक्ष भोगेन्द्र थापा,समाजसेवी तथा यूवा व्यावसायीहरु धिरेन थिङ्ग तामाङ्ग, फुर्वा घिसिङ्ग लगायतले मुख्यमन्त्री शेरधन राईसंग धनकुटामा तत्काल यातायतको कार्यालय, धनकुटा अस्पताललाई ५० शैयाको बनाउने निर्णय गरीदिन र  १ नम्वर प्रदेशको राजधानी धनकुटामा बनाउन पहल समेत गरी दिन समेत माग गरेका थिए।

सो अवसरमा मुख्यमन्त्री राईले  धनकुटामा यातायतका कार्यालय लगायत अन्य कार्यालयहरु राख्ने प्रदेश मन्त्रीपरिषदको बैठकले तत्काल निर्णय गर्ने वताए । उनले प्रदेशको राजधानी र नामकरण सहमतीकै आधारमा प्रदेश सभाले तोक्ने त्यसका लागि पहल भैरहेको समेत बताए ।

धनकुटाको हिलेमा भएको मुख्यमन्त्री राईसंग भएको भेटघाट तथा छलफलमा मुख्यमन्त्री शेर धन राईसंग धनकुटको उक्त टोलीले धनकुटको विकास समृद्धीको वारेमा छलफल गर्दै मुख्यमन्त्री राईको ध्यानार्कषण गराएका नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ