arrow

२० वटा विधेयक पारित नहुँदै अन्त्य हुँदै संसद् अधिवेशन 

logo
प्रकाशित २०७५ चैत १० आइतबार
Parliament_building.png

काठमाडौं । प्रतिनिधि सभाको तेस्रो अधिवेशन अन्त्य भएको छ । आईतबार अपराह्न ३ बजे बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिबाट प्राप्त संसदको हिउँदे अधिवेशन अन्त्य सम्बन्धी पत्र पढेर सुनाएका थिए । 

पौष ११ गते सुरु भएको यो अधिवेशन अन्त्य हुने दिनसम्म २० वटा दर्ता विधेयकहरु पारित हुन बाँकी नै रहेको संसद सचिवालयले दिएको तथ्यांकमा उल्लेख छ । सचिवालयका अनुसार यो अधिवेशनमा प्रतिनिधि सभाले कूल ३० वटा विधेयक मध्ये १० विधेयकहरु पारित गरेको छ । जसमध्ये बाँकी २० विधेयक यो अधिवेनमा पारित हुन सकेन । 

यो अधिवेशनमा प्रतिनिधि सभामा कूल २३ विधेयक दर्ता भएका थिए भने दोस्रो अधिवेशनबाट पारित हुन नसकेका ७ विधेयकहरु सहित गर्दा कूल ३० विधेयक पारित हुन बाँकी थिए । तर, १० वटा मात्रै विधेयक सो समयमा पारित भएको संसद सचिवालयले जनाएको छ । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले यो अधिवेशनमा पारित हुन नसकेका विधेयकहरु अर्काे अधिवेशनमा पारित हुने जानकारी दिए । दोस्रो अधिवेशनमा ५ वटा अन्तराष्ट्रिय सम्झौताहरु अनुमोदन गरेको प्रतिनिधि सभाले यस पटक कुनैपनि अन्तराष्ट्रिय सम्झौताहरु अनुमोदन गरेन। 

सचिवालयका अनुसार दोस्रो अधिवेशनको समेत बाँकी बिधेयकको व्यवस्थालाई नियाल्दा ८ वटा विधेयकहरु वितरण भएको, ९ वटा विधेयकहरु समितिमा गएको, एउटा विधेयक राष्ट्रिय सभामा गएको र २ वटा विधेयकहरु राष्ट्रिय सभाबाट संशोधन सहित प्राप्त भएका छन् । प्रतिनिधि सभामा राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५, नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र लेखापरीक्षण सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ दोस्रो अधिवेशनमा दर्ता भएको भएपनि अहिलेसम्म पनि त्यो पारित हुन सकेको छैन । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ