arrow

जहाँ १३ महिनाको हुन्छ १ बर्ष, चलिरहेछ २०११

logo
प्रकाशित २०७५ चैत १० आइतबार
ethopia.jpg

काठमाडौं । विश्वभर अंग्रेजी वर्ष २०१९ चलिरहेको छ । तर विश्वमा यस्तो पनि मुलुक छ, जुन ८ वर्ष ढिलो चलिरहेको छ । सो मुलुकमा २०१९ नभई २०११ चलिरहेको छ, यति मात्र होइन, उक्त मुलुकमा १३ महिनाको एक वर्ष मान्ने गरिन्छ । विश्वका सबैजसो मुलुकमा १२ महिनाको एक वर्ष हुने गरेको छ ।

यो देशको नाम हो–इथियोपिया । यो अफ्रिकाको दोस्रो सबैभन्दा बढी जनसंख्या भएको मुलुक हो । यहाँको जनसंख्या करिब १० करोड छ । यहाँ नयाँ वर्ष १ जनवरीबाट नभई ११ सेप्टेम्बरबाट मनाइन्छ ।

इथियोपियामा काप्टिक क्यालेन्डरको आधारमा दिन, माहिना र वर्षको हिसाब हुन्छ । अन्य मुलुकमा ग्रिगोरियन क्यालेन्डरको प्रयोग गर्ने गरिन्छ । उनीहरु ईशा मसिहाको जन्म नै सात वर्ष पहिला भएको मान्छन्, जसको कारण उनीहरुको क्यालेन्डर पनि अरुको भन्दा ७-८ वर्ष ढिला हुने गर्छ । ईशा मसिहाको जन्मको आधारमा ईश्वी संवत् गणना गरिन थालिएको हो ।
 
इथियोपियामा नयाँ वर्षमात्र नभई चाडपर्वहरु पनि फरक फरक दिनमा मनाइन्छ । यहाँ क्रिसमस २५ डिसेम्बरमा नभई ७ जनवरी मा मनाउने गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ