arrow

नायक नायिकको प्रेम स्टेजमै पोखिएपछि

logo
प्रकाशित २०७५ चैत १० आइतबार
ranbir-alia1.jpg

काठमाडौं । भारतको फिल्मफेयर अवार्ड्स २०१९ आलिया भट्ट र रणवीर कपूरका लागि निकै महत्वपूर्ण रहन पुग्यो । यी दुवैले उत्कृष्ट नायक र नायिकाको उपाधि पाएका छन् ।  ६४ औँ  फिल्मफेयर अवार्ड्समा आलिया र रणबीरको चुम्बन र "आई लभ यू" ले अहिले सामाजिक सञ्जाल तातेको छ । आलियाले रणबीरलाई अवार्ड शोमा "विशेष" को रूपमा संदर्भित गरिन् ।

यो उपाधि जित्दा दुवै निकै खुसी देखिन्थे । दुवैले अवार्ड पाएपछि क्यामेराको अगाडि पोज पनि दिएका थिए । पोज दिएपछि तल आउँदा दुवैले एकअर्काको हात समाएका थिए । उनीहरु कार्यक्रममा आउँदा छुट्टाछुट्टै आएका थिए तर पूरा कार्यक्रम सँगै बसेका थिए ।

यो कार्यक्रममा फिल्म ‘राजी’का लागि उत्कृष्ट नायिकाको अवार्ड प्रदान गरिएको हो । रणवीर कपूरले पनि ‘सञ्जू’ चलचित्रका लागि उत्कृष्ट अभिनेताको अर्वाड पाएका थिए । रणवीर र आलियाको प्रेमसम्बन्ध अहिले चर्चामा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ