arrow

अक्षयको ट्वीटले करणलाई आपत, शाहरुखसँगको मित्रतामाथि प्रश्नचिह्न

logo
प्रकाशित २०७५ चैत १० आइतबार
shah-rukh-khan-akshay-kumar-karan-johar.jpg

काठमाडौं । बलिउड स्टार शाहरुख खान र करण जौहर  मिल्ने साथी हुन् । तर, करणले शाहरुखविरोधी ट्वीट लाइक गरेपछि करणको मित्रतामाथि प्रश्नचिह्न खडा भएको छ ।

होलीमा प्रदर्शनमा आएको अक्षयकुमारको फिल्म केसरीले निकै राम्रो प्रदर्शन गरिरहेको छ । तर, यसको तुलना शाहरुखको जीरोसँग गर्न थालिएको छ । एक प्रयोगकर्ताले सामाजिक सञ्जालमा यी दुई फिल्मको तुलना गर्दै अक्षयलाई राम्रो अभिनेता रहेको बताएका थिए । यो ट्वीटलाई करणले लाइक गरेका थिए । यसपछि भड्किएका शाहरुखले ह्यासट्याग सेम अल करण जौहरको ट्रोल शुरु गरेका थिए ।

यो समाचार फैलिएसँगै करणले उक्त ट्वीट अनलाइक गरेका थिए । तर, यसको कुनै फाइदा भने भएन । ट्वीटरमा ह्यासट्याग सेम अन करण जौहर ५ औं नम्बरमा ट्रेन्ट गरिरहेको छ ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा फैलिएको आलोचनापछि सफाइ दिएका छन् ।  उनले एक ट्वीट गर्दै अकाउन्टमा केही प्राविधिक समस्या देखिएको र फोटो अपलोड गर्ने क्रममा एक ट्वीट लाइक भएको उल्लेख गरेका छन् । उनले यसका लागि सबैसँग माफी माग्ने बताएका छन् ।

त्यसपछि अर्को एक ट्वीटमा उनले आज ट्वीटरमा केही गडबड भयो, बाँकी सबै ठिक छ भन्दै पोस्ट गरेका थिए । गत वर्ष क्रिसमसको अवसरमा प्रदर्शनमा आएको शाहरुख खानको फिल्मले पहिलो दिनमा आशा गरिएअनुसारको आम्दानी गर्न सकेको थिएन । अक्षय कुमारको केसरीले भने प्रदर्शनमा आएको २ दिनमै ३७ करोडभन्दा बढी आम्दानी गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ