एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले अग्रता कायमै राखेको छ । सोमबार राति भएको खेलमा सिटीले न्यूकासल युनाइटेडविरुद्ध १–० को जित निकाल्दै अग्रता कायम राखेको हो । सिटीलाई विजयी गराउन सिन्जी ओकाजाकीले निर्णायक गोल गरे ।
उनले पहिलो हाफ अघि गरेको गोल नै निर्णायक बन्यो । दोस्रो हाफपछि दुवै टोलीबाट गोल हुन सकेन । जितसंगै सिटीले दोस्रो स्थानको टोटनह्याम हट्सपरसंग अंक दूरी तन्काएको छ । टोटनह्याम ५ अंक ले पछि परेको छ । सिटीको ३० खेलबाट ६३ र टोटनह्यामको समान खेलबाट ५८ अंक छ । तेस्रो स्थानको आर्सनलको ५२ अंक छ । आर्सनलले एक खेल खेल्न बाँकी छ ।