arrow

आखिर उदयले यस्तो किन गर्नुपर्‍यो ?

logo
प्रकाशित २०७५ चैत ११ सोमबार
udhaya-chopra.jpg

काठमाडौं । सन् २००० मा चलचित्र मोहब्बतेबाट बलिउडमा डेब्यू गरेका अभिनेता उदय चोपडा करीब ६ बर्षदेखि बलिउडबाट बाहिर रहेका छन् ।  गुमनाम जिन्दगी बाचि रहेका उदय पिछल्लो समय चर्चामा रहेका छन् । कारण उनकको दुई ट्वीट जसलाईपछि उदयले डिलीट गरे । यी ट्वीट्सलाई सफाई दिदै उदयले एक नयाँ ट्वीट गरेका छन् ।

उदयले नयाँ ट्वीटमा लेखेका छन् - 'मैले हालै केहि ट्वीट गरेको थिए, जसबाट शुभचिन्तकहरु निकै निराहश भए। म ठीक छु। यो एक ठट्टा मात्र थियो । जिसको गलत अर्थ निकालियो । तर मेरो चिन्ताको लाग धन्यवाद।'

उदयले पहिलो ट्वीटमा लेखेका थिए , ‘म यो स्वीकार्छु कि मलाई सन्चो छैन । अहिले पनि म प्रयास गरिरहेको छु तर सफल हुन सकेको छैन ।’ उदय चोपडाको यस ट्वीटबाट उनी डिप्रेसनको सिकार भएको प्रष्ट हुन्छ । त्यसपछि उनले आफ्ना यी दुई वटै ट्वीट हटाएका थिए।

केहि समयपछि उदयले अर्को ट्वीट गरेका थिए जसमा उनले लेखेका थिए, ‘केही घण्टाको लागि म आफ्नो ट्विटर एकाउन्ट डिएक्टिभेट गरेको छु। मलाई आफू मर्न गइरहेको छु जस्तो लाग्यो । यो अभूतपूर्व थियो । मलाई आत्महत्या गर्नु नै सबैभन्दा राम्रो विकल्प हो जस्तो लाग्छ । म यसलाई चाँडै स्थायी रुपमा गर्न सक्छुँ ।’

यी ट्वीटपछि मानिसहरुले डिप्रेशनका कारण सुसाइड नगर्नु भन्ने सोचेका थिए । उदय चोपडालाई आमिर खानको चलचित्र धूम-३ मा अन्तिम पटक देखिउको थियो । बीचमा उनको अभिनेत्री नरगिस फाखरीसँग लिंकअपको समाचार बाहिरिएको थियो ।

एक अन्तर्वार्तामा उदय चोपडाले भनेका थिए, ‘बलिउडमा जो पनि आउँछ उसको सपना हुन्छ, म झुटो नबोलेर भन्छुँ, मेरो पनि एक सपना थियो । म सुपरस्टार बन्न चाहन्थेँ तर त्यसो भएन । दर्शकहरुले मलाई रुचाएनन् । दर्शकले मलाई यसरी नकारेको मैले सहन सकिन । मलाई विश्वास नै भएन । मेरो लागि यो स्वीकार गर्नु अप्ठ्यारो थियो । दुई वर्षसम्म मैले यस्ता बेकारका कुराहरुलाई आफूबाट बाहिर निकालिदिएँ । अहिले मलाई आफू को हूँ र मेरो क्षमता के हो भन्ने कुरा थाहा भइसक्यो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ