arrow

प्रियंकाका श्रीमान निकका सात प्रेमीका

logo
प्रकाशित २०७५ चैत ११ सोमबार
Priyanka-Chopra-Nick-Jonas.jpg

काठमाडौं। बलिउड स्टार प्रियंका चोपडाले निक जेसससँग विवाह गरेकी छन्। उनीहरुको विवाहपछि पनि धेरै किसिमका समाचारहरु आइरहेका छन्। निकले प्रियंकासँग प्रेम गर्नुभन्दा पहिले सात स्टारहरुसँग सम्बन्धमा रहिसकेका छन्।

१. माइली साइरस
निक जोनसको नाम पहिलोपटक माइली साइरसको साथमा जोडिएको थियो । समाचारमा बताइएअनुसार उनीहरुको भेट एक कार्यक्रममा भएको थियो । जतिबेला निक केवल १४ वर्षका थिए । यो अफेयर लामो समयसम्म भने टिक्न सकेको थिएन ।

२. सेलेना गोमेज
साइरससँगको रिलेसन छुटेपछि निक सेलेना गोमेजसँग डेट गर्दै गरेको पाइएका थिए । उनीहरुको रिलेसन २००८ मा सुरु भएको थियो । यद्यपि यो रिलेसन पनि लामो समयसम्म टिक्न सकेको थिएन ।

३. लिलि कोलिन्स
निकको अफेयरको चर्चा लिलिसँग पनि चलेको थियो । यद्यपि यो जोडी खुल्लारुपमा भने देखिएको थिएन । केही मानिसहरुका अनुसार सन् २००९ मा उनीहरु डेटिङको क्रममा फेला परेका थिए ।

४. डेल्टा गुडरेम
डेल्टासँग अफेयर चलिरहँदा निकलाई आफूभन्दा ठुलो उमेरकी केटी मनपर्ने गरेको बताइएको थियो । त्यतिबेला निक केवल १८ वर्षका थिए भने डेल्टा २८ वर्षकी थिइन् ।
 
५. ओलिविया कल्पो
मिस युनिभर्स भइसकेकी ओलिवियाको साथमा पनि निकको अफेयर चलेको थियो । समाचारमा बताइएअनुसार उनीहरुको अफेयर्स २०१३ मा सुरु भएको थियो भने सन् २०१५ मा उनीहरु अलग भएका थिए ।
 
६. क्यान्डर जेनर
ओलिवियासँग अलग भएसँगै निक मोडल क्यान्डर जेनरसँग जोडिएका थिए । सन् २०१५ मा उनीहरुको अफेयरको खुबै चर्चा चलेको थियो । यद्यपि केही समयमा नै उनीहरु अलग भएका थिए ।

७. केट हडसन
प्रियंकाभन्दा पहिला निकले एक अन्तर्वार्ताको क्रममा निकले केटसँगको आफ्नो सम्बन्ध निकै विशेष रहेको बताएका थिए । सन् २०१६ मा उनीहरुको सम्बन्धलाई लिएर धेरै चर्चा सुनिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ