arrow

जहाँ आमाछोरी उडाउछन् बोइङ ७५७

logo
प्रकाशित २०७५ चैत ११ सोमबार
mother-daughter-pilot.jpg

काठमाडौं । यदि आफ्ना सन्तान ठूलो भएर आफ्नो काममा सघाउँछन् भने त्यो आमाबाबुको सबैभन्दा खुसीको पल हो । यस्तै घटना अमेरिकाको एक उडानको क्रममा देखिएको छ । यहाँ छोरीले आमालाई सहयोग गरेको नभई दुवैले एकसाथ विमान उडाएका हुन् ।

डेल्टाको उडान आमाछोरी मिलेर उडाएका हुन् । उनीहरुको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त विमान बोइङ ७५७ मोडलको थियो । यो कुरा थाहा पाएर विमानमा सवार सबै यात्रु पनि छक्क परेका थिए । यसमा आमा पाइलट र छोरी फस्ट अफिसर थिइन् ।

स्थानीय समाचारका अनुसार केली रेक्सनकी बहिनी पनि पाइलट हुन् । भाइरल भएको तस्वीरमा आमा–छोरी दुवैजना फ्लाइट डेकमा बसिरहेका छन् । सो अवसरमा डेल्टाले पनि आधिकारिक ट्वीटर ह्यान्डलबाट एक ट्वीट गरेको थियो ।

विमानमा यात्रा गरिरहेका यात्री एम्ब्री रिडलव वल्र्डवाइडका चान्सलर जोन आर वेट्रटले यो तस्वीर खिचेका थिए । उनले उनीहरुको वार्तालापबाट आमाछोरी हुन् भन्ने कुरा थाहा पाएका थिए । उक्त कुरा थाहा पाएपछि उनले भेट्ने इच्छा व्यक्त गरेका थिए । त्यसपछि उनलाई सो अवसर प्रदान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ